सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते

२०७८ कार्तिक ४, बिहीबार १५:०२

शुभ नारायण यादव

सप्तरी ,४ कार्तिक । सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सप्तरीको राजविराज नगरपालिका वडा न. ६ मा हावाले हटाउने क्रममा ४० वर्षीय शिव नारायण साहलाई करेन्ट लागेको थियो । साहलाई छुटाउन जाँदा उनकी ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजू राजकुमारी साह र भतिजो १८ वर्षीय रक्षित साहलाई पनि करेन्ट लागेको हो । घरको छतमा रहेको होडिंग बोर्ड हावाले झारेपछि एकाघर हजार विद्युको तारमा छोइएको थियो । सोहि होडिंगबोर्ड हटाउन जाँदा साहलाई करेन्ट लागेको थियो । यता करेन्ट लागेर सिकिस्त भएका चारै जनाको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।



ताजा खबर