नेपाल तरुण दलद्वारा राहत सामाग्री वितरण

२०७८ कार्तिक ५, शुक्रबार १६:०१

पारसमणी यादव
सुनसरी,कार्तिक ५ गते ।
नेपाल तरुण दल इनरुवा नगर कमिटीद्वारा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । दुई दिन यता सुनसरीका विभिन्न ठाउँ लगायत इनरुवामा भएको भारी वर्षाका कारण सुनसरी खोलामा आएको बाढिले इनरुवा–४ स्थित खिक्रीपट्टी टोलमा ५० भन्दा बढी घरधुरी डुवानमा परेको थियो ।
उक्त वाढीका कारण डुवानमा परेका परिवारलाई शुक्रबार चिउरा, भुजा, नुन, विस्कुट, तेल लगायतका राहत सामाग्री वितरण गरेको हो । राहत वितरण कार्यक्रममा तरुण दल इनरुवा नगर सभापति सुरेन्द्र साह, नगर उपाध्यक्ष अरविन्द के.सी., नगर सचिव सत्य नारायण यादव, विकेश श्रेष्ठ, नेपाल तरण दल सुनसरी सदस्य मोती यादव लगायतले राहत वितरण गरेका छन ।
बाढी प्रभावितलाई थोरै भएपनि राहत मिलोस भनेर दाताहरुबाट संकलित रकमबाट सामाग्री खरिद गरेर वितरण गरिएको नेपाल तरुण दल इनरुवा नगर समितिका सचिव सत्य नारायण यादवले बताए । ‘हामीले खासै ठूलो सहयोग गरेका त होईनौं । तरपनि बाढी र डुबानले बनाएको घाउमा थोरै भएपनि मल्हम लाग्छ की भन्ने यादवले बताए ।



ताजा खबर