शुभ नारायण यादव
सप्तरी,कार्तिक ५ गते । सप्तरीको तिरहुत गाउँपालिकामा ६ करोडभन्दा बढी रकम अनियमित खर्च गरेको पाइएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष ०७४÷०७५ को महालेखा परीक्षक कार्यालयको लेखा परीक्षण प्रतिवेदनमा ६ करोड ७१ लाख ९८ हजार १३ रुपैयाँ अनुशासन विपरित खर्च गरेको देखाइएको हो । आन्तरिक श्रोत वृद्धि गरी नगर कार्यापालिकाको खर्च गर्नु पर्ने सो नगरी अनुदानबाट खर्च गरी पारिश्रमिक तथा वैठक भत्ता खर्च भएको, गाउँसभाले विनियोजन गरेको विकास निर्माणको बजेट माटो तथा ग्राभेलमा अधिकांश खर्च गरेको, आन्तरिक आयको शीर्षक शीर्षक गत हुनुपर्नेमा एकमुष्ठ आम्दानी गरी वैंक दाखिला गरेको अनियमित खर्च गरेको देखिएको छ ।
यसैगरी आन्तरिक राजस्व कार्यालयलाई भुक्तानी भएका भुक्तानी विवरण पठाउनुपर्नेमा सो विवरण पठाएको छैन भने उपभोक्ता समितिले काम गर्दा पेश गरेको डोर हाजिर फारममा सम्वन्धित कामदारले रकम बुझेको भर्पाई बेगर भुक्तानी गरेको प्रतिवेदनमा देखिएको छ । गाउँपालिकामा सम्पन्न भनिएको अधिकांश निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन बेगर नै भुक्तानी गरिएको समेत प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी अनेकौ निर्माण कार्यमा रकम भुक्तानी दिँदा प्राविधिक मुल्याङ्कनमा कार्यालय प्रमुखको दस्तखत बेगर भुक्तानी दिएकोले सो कागजातमा गरी नियमित गनुपर्र्ने प्रतिवेदनमा जनाईएको छ । लेखा परीक्षणको प्रतिवेदन अनुसार ८ लाख १३ हजार ७५ रुपैयाँ असुल गर्नुपर्ने, ३८ लाख ६७ हजार ९ सय ४१ रुपैयाँ नियमित गर्नुपर्ने, २ करोड ७४ लाख ४१ हजार २ सय ६० रुपैयाँको कागजात पेश गर्नुपर्ने र ३ करोड ५० लाख ७५ हजार ७ सय ३७र रुपैयाँ पेश्की फछ्यौट गर्नुपर्ने सुझाव समेत दिइएको छ ।
सप्तरीको तिरहुत गाउँपालिकामा ६ करोडभन्दा बढी अनियमित खर्च
२०७८ कार्तिक ५, शुक्रबार १६:०४संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer