शुभ नारायण यादव
सप्तरी,कार्तिक ५ गते । सप्तरीको राजबिराज नगरपालिकाले कानुनबिपरीत करार कर्मचारी नियुक्त गरेर लाखौं रुपैयाँ अनियमित रुपले भुक्तानी गरेको छ । नगरपालिकाले स्थानीय सरकार संचालन ऐना २०७४ बिपरीत कर्मचारी नियुक्त गरि बार्षिक ४३ लाख भन्दा बढी रुपैयाँ अनियमित रुपले भुक्तानी गरेको हो ।
महालेखा परीक्षकको प्रतिबेदन २०७८ अनुसार नगरपालिकाले आबाश्यक दरबन्दी भन्दा बढी १३ जना करार कर्मचारी नियुक्ति गरि बार्षिक ४३ लाख, ३७ हजार १ सय ९० रुपैयाँ अनियमित भुक्तानी गरेको उल्लेख छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३ मा स्थानीय तहले आफनो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरि संगठन तथा ब्यबस्थापन सर्भेक्षणको आधार स्थानीय प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सिर्जना गर्न सकिने ब्यबस्था छ । तर नगरपालिकाले बिभिन्न १२ पदका २९ जना कर्मचारी करारमा राखी बार्षिक १ करोड ११ लाख ५९ हजार ४ सय ९० खर्च गरेको छ ।
त्यसैगरी सोही ऐनको २०७४ को दफा ८३ (८) बमोजिम पालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, इलेक्टिसियन, चौकीदार, मालि, बगैंचेलगायतका पदमा मात्र करारबाट सेवा लिने ब्यबस्था पाउने कानुनी ब्यबस्था छ । नगरपालिकाले आप्mनो क्षेत्र अधिकार बाहेकको बिभिन्न १० पदमा १३ जना करार नियुक्त गरि बार्षिक ४३ लाख ३७ हजार १ सय ९० अनियमित भुक्तानी गरेको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
यसेबिच सो सम्बन्धमा राजबिराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापाले अनियमित भुक्तानी भएकोबारे आफुलाई थाहा नभएको प्रतिक्रिया दिए । करारमा कर्मचारी नियुक्त गरिएको छैन, उनले भने, अनियमित भुक्तानी नहुनुपर्ने हो, उनले कर्मचारीको नाममा भएको भुक्तानीबारे हेरेपछि मात्र भन्न सकिने बताए ।
यता कानुनबिपरीत कुन–कुन पदमा १३ जना करार नियुक्त गरिएको भन्ने प्रश्नमा यो बारे आफुलाई जानकारी नभएको भन्दै पन्छिएका छन् ।
सप्तरीको राजविराज नपामा ऐन मिच्दै कर्मचारी नियुक्ति
२०७८ कार्तिक ५, शुक्रबार १६:०७संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer