पर्सा,कात्तिक ५ गते । लागूऔषध सहित पक्राउ परेका वडा अध्यक्षलाई हिरासत मुक्त गराउन विभिन्न हतकण्डा अपनाइएको छ । सरकारी मोटरसाइकलमा लागूऔषध ओसार पोसार भइरहेको बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दिपक थापाको नेतृत्वमा खटेको प्रहरी टोलीले पक्राउ गरेको वडा अध्यक्षलाई हिरासत मुक्त गराउन विभिन्न हतकण्डा अपनाइएको हो । गत
श्रावण ३ गते लागू औषध सहित पर्सा जिल्लाको पकहामैनपुर गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष अमेरिका सहनी, सदस्य बलिस्टर सहनी र प्रहलाद सहनी भनिने रामाअदेश सहनीलाई प्रहरीले पक्राउ गरेको थियो । वडा अध्यक्ष अमेरिका सहनी चढने सरकारी मोटरसाइकल नम्बर ना १ ब ३५९५ नम्बरको गाडीमा लागूऔषध ओसार पोसार हुने गरेको बिशेष सूचनाको अधारमा पक्राउ गरेको वडा अध्यक्षलाई हिरासत मुक्त गराउन विभिन्न किसिमको चलखेल भइरहेको बताइन्छ । केही बिचौलियाले अदालतबाट्टै हिरासत मुक्त गराउने बिश्वास दिए पछि ८० लाखको बार्गेनिङ्ग भएको खुल्न आएको छ
श्रोतका अनुसार लागू औषध सहित पक्राउ परेकाहरूलाई छुटाउन आफुलाइ ठूलो नेता बताउनेले जिल्ला अदालतमा फाइल मिलाउनको निम्ति केही रकम दिन आश्वासन दिएको बताए । उनका अनुसार आज फाइल मिलाएर अदालत पेश गर्ने भएकोले विभिन्न हतकण्डा अपनाइएको आरोप समेत लगाए । उनले जिल्ला अदालतकै कर्मचारी भएकोले आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा लागू औषध सहित पक्राउ परेकाहरूलाई छुटाउन रकमदेखि दवाब स्वरूप माथिल्लो पावर समेत लगाएको बताए । न्यायको मन्दिर मानिने जिल्ला अदालतमा यस्ता किसिमको गतिविधि हुनु आफै एक किसिमको अपराधी क्रियाकलापको बढावा दिने जस्तै भएकोले समयमै ध्यान पुर्याउने उच्च अधिकारीहरू सङ्ग अपिल समेत गरे ।
लागूऔषध सहित पक्राउ परेका वडा अध्यक्षलाई छुटाउन विभिन्न किसिमको हतकण्डा अपनाइदै
२०७८ कार्तिक ५, शुक्रबार १६:१७
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer