महोत्तरीमा खोलाले बगाउँदा वृद्ध बेपत्ता

२०७८ कार्तिक ६, शनिबार ०९:०२

महोत्तरी, कार्तिक ६ गते । महोत्तरीमा रातु नदीले बगाउँदा एक वृद्ध बेपत्ता भएका छन् ।
शुक्रबार दिउँसो बजेको समयमा महोत्तरी, महोत्तरी गाउँपालिका ४ रतबाडा बस्ने वर्ष ७० का मिठु खत्वे मण्डल बेपत्ता भएका हुन् ।
घर देखि एक किलोमिटर पश्चिम टाढा रहेको रातु खोलामा नुहाउने क्रममा बाढीले बगाउँदा मण्डल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

खोलाले बगाउँदा बेपत्ता भएको खबर पाउनसाथ खोजविन गरिरहेको तर अझैसम्म फेला नपरको महोत्तरीका प्रहरी नायव उपरीक्षक (डिएपी) प्रकाश विष्टले जानकारी दिए ।



ताजा खबर