कपिलवस्तु, कार्तिक ६ गते । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ बस्ने युवा समाजसेवी, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका राहुल पाण्डेय ले आउने स्थानीय चुनावमा वडा नं १ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् िपाण्डेय पांच वर्ष देखि वडाको जनताको बिचमा रहि जनताको सुख दुखमा सहभागी हुदै आएका छन्।
पाण्डेयले आउने चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकास जस्तै बाटो, नाला ढल निकास किसानको लागि समयमा मल खाद बीउ ,सिचाइ , स्वास्थ , शिक्षामा बढी जोड दिनुका साथै दलित, अल्पसंख्यक, पिछडावर्ग लगायत अन्यको हकहितमा काम गरि वडा वसीको मन जित्ने बताउनुभयो ।
आफूलाई वडाका जनता बाट पटक पटक दबाव आइरहेको ले जनताको इच्छा अनुसार नै आउने स्थानीय तहको चुनावमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । राहुल पाण्डेय जनता समाजवादी पार्टी नेपाल ले टिकट दिए सोही पार्टी बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।