सन्तोष गुप्ता
सुनसरी,कार्तिक ६ गते । नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले पूर्वको प्रसिद्ध धार्मिक पर्यटकीय नगरी वराहक्षेत्रको बाघखोलामाआफु स्वयं लागेर पक्की पुल निर्माण गरिने ंबताएका छन् ।
शनिवार वराहक्षेत्रको चतरमा भएको कार्यकर्ता भेटभाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले, नगरपालिकाको वार्ड नं १ स्थित खोलामा जसरी भएपनि पुल बनाई छाड्ने बताए ।
दश मिनेट लामो सम्बोधनमा तीन पटक पुल शब्दको उच्चारण गर्दै उनले‘यसको लागि कहां वाट कसरी हुन्छ, आवश्यक बजेट जनुसुकै तरीकाले जुटाउ“छु’, प्रतिवद्धता व्यक्त गरे । पुल बनाउ“न स्थानिय पार्टीलेछिटो निर्माण समिति बनाएर सरकार लाई प्रस्ताव पेश गर्न आग्रह गरे ।
फरक प्रसंगमा दुई तिहाईको ललीपप खुवाएर ओली सरकारले जनतालाई ठगेको बताएर उनले,कम्युनिष्टले देश चलाउन नसक्ने बताए । दुई पटक संसद विघटन गर्नेओली सरकारले देश लाई अराजकता तर्फ धकेलेको आरोप लगाएर उनले जनताको लागि एक मात्र कांग्रेस विकल्प भएको दाबी गरे ।
पार्टीको आसन्न केन्द्रिय अभिवेशनको अर्को एक प्रसंगमा मन्त्री खड्काले, नेकाले जिते देशले जित्ने भन्दै एक भएर अधिवेशन सफल बनाउ“नु कार्यकर्तालाई एकजुट हुन अनुरोध गरे ।
उनले,पार्टी भन्दा माथि देश भएकोले कार्यकर्तालाई जनताको मन जित्न भाषण भन्दा काममा ध्यान दिनुपर्नेे बताए ।
कार्यक्रममा नेपाली कांग्रेस वराहक्षेत्र २ नम्बर वार्ड सभापति अमर कटुवालले सुर्यकुण्ड सडक,बाघखोलामा पक्की पुलको माग गरे । प्रथम जगदगुरु पीठ वराहक्षेत्रका सुनील भट्टराईलेचतराधामा आयोजना हुने कुम्भ मेलालाई पाचौं कुम्भ स्थलको रुपमा वैश्विक मान्यता दिलाउ“न सरकारले पहल गरिदिन आग्रह गरे ।
ईश्वर थापाको अध्यक्षतामा, स्थानिय जगद्गुरु पीठ स्थित राधा कृष्ण मन्दिरमा भएको कार्यक्रममा धरान उपमहानगरपालिका प्रमुख तिलक राई,नेका धरान उपसभापति प्रविण राई,वराहक्षेत्र पुर्व उप सभापति जगत कार्की, महाधिवेशन प्रतिनिधि हम्ब परियार,क्षेत्र नं १ प्रदेश ख सभापति मुरारी भट्टराई र जिल्ला सदस्यहरु दिपेशजंग बस्नेत र राजदिप लामा नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।