नेकपा एमाले वार्ड १ मा कृष्ण कट्टेल सर्व सम्मत

२०७८ कार्तिक ७, आईतवार १०:०५


सन्तोष गुप्ता
सुनसरी,कात्तिक ७ गते ।
नेकपा एमाले पार्टीकोे वराहक्षेत्र नगरपालिकाको वार्ड नं १ को अध्यक्षतामा कृष्ण कट्टेल सर्वसम्मत चयन भएका छन् । शनिवार चतराको औलिया बाबा मठमा सम्पन्न अधिवेशनले र्नििर्वरोध ३१ सदस्यीय कार्य समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा दिपक राई,सचिव गौरव श्रेष्ठ लगायत सदस्यहरु चयन भएका छन्, वार्डको नगर प्रतिनिधिमा ११ सदस्य पनि निर्विरोध चुनिएको अध्यक्ष कट्टेलले बताए ।

नपाको वार्ड नं २ जितेन्द्र राई निर्विरोध अध्यक्षमा चयन भएका छन् । कार्य समितिको सचिव र उपसचिवमा भने आइतवार निर्वाचन हुने, श्रोत उद्धृत गर्दै कट्टेल जानकारी दिए । यस अघि नपाको १० वटा वार्डमा समेत कार्य समिति सर्व सम्मत भएको उनले बताए ।



ताजा खबर