समाज परिवर्तनमा गेससले महत्त्वपूर्ण भुमिका खेलेको बक्ताहरुको भनाइ

२०७८ कार्तिक ८, सोमबार ०६:२३


शुभ नारायण यादव
सप्तरी,कार्तिक ८ गते ।
समाजलाई परिवर्तन ,सुन्दर बनाउनमा गेर सरकारि सस्थाहरुले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको एक कार्यक्रममा सहभागी बक्ताहरुले जोड दिएका छन । हाम्रो चाहना सम्बृद समाजको स्थापना भन्ने मुल नाराका साथ सप्तरीको राजविराजमा रहेको सबल नेपाल नामक गेर सरकारि सस्था १६ ओ बर्ष पार गरि १७ ओ बर्षमा प्रवेश गरेको अवसरमा राजविराजमा आयोजित कार्यक्रमका सहभागी बक्ताहरुले सो कुरामा जोड दिएका हुन । कार्यक्रममा सहभागिहरुले सरकारले गर्न नसकेका कामहरु अहिले गेर सरकारि सस्थाहरुले गर्दै आएको दाबि गर्दै समाजमा पछाडि पारिएका वर्ग , समुदायको उत्थानमा गेर सरकारि सस्थाहरुले अहम भुमिका खेलेको जिकिर समेत गरेका छन । सबल नेपालकि अध्यक्ष जुना गिरिको अध्यक्षता तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गोतमको प्रमुख आतिथ्यमा आयोजित सो बाषिर्काेत्सव कार्यक्रममा गेससका ध्रुव देव , नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण कुमार देव ,महासङ्घका सह सचिव चन्दन कुमार यादव , अधिबक्ता पार्वति राउत ,महुलि सामुदायिक विकास केन्द्रका अध्यक्ष श्यामकान्त चोधरि ,एसएनभि नेपालका कृष्ण जिसि ,सेभ द चिल्ड्रेनका देवकृष्ण भगत ,गेससका कावा अध्यक्ष बलदेव मण्डल ,सप्तरी युथका उपाध्यक्ष मोहन कुमार यादव ,सबल नेपालका सस्थापक सदस्य अशोक कुमार साह ,परमेश्वर झा लगायतका बक्ताहरुले आ आफ्नो मन्तव्य ब्यक्त गरेका थिए । सबल नेपालका आयुष श्रेष्ठ द्वारा सन्चालित कार्यक्रममा स्वागत मन्तव्य सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाले ब्यक्त गरेका थिए । यसेबिच सबल नेपालले चालू आव २०७८÷०८९ मा १८ करोड ७१ लाख ९४ हजार मूल्य वरावरको अनुमानित खर्च विवरण सार्वजनिक गरेको छ । जसमा समुन्नति कार्यक्रममा ५ करोड ८५ लाख ,खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रममा ६ करोड २५ लाख , सोर्य उर्जा प्रबर्द्धन कार्यक्रममा १५ लाख १४ हजार , सुद खानेपानी माथि सहज पहुचका लागि ३५ लाख ५० हजार ,देवि प्रकोप राहत तथा कोरोना रोकथाम तथा सहयोग ३ करोड ५० लाख , पुर्ण सरसफाइ अभियानमा १ करोड ५० लाख , कृषिमा आधारित कार्यक्रममा ४५ लाख ३५ हजार र सस्था सन्चालन तर्फ ६५ लाख ९५ हजार गरि कुल १८ करोड ७१ लाख ९४ हजार मुल्य वरावरको आय व्यय प्रस्तुत गरेका छन । यसेगरि कोरोना नियन्त्रणमा नेपाल सरकारसग हातेमालो गरि अगाडि बढनुका साथै कोरोनालाइ प्राथमिकता दिई विभिन्न चेतनामुलक कार्यक्रमहरुसगे समुदाय तथा स्थानीय तहलाई आवश्यक सहयोग गर्ने , समुदायका ब्यक्तिहरुमा सरसफाइ प्रतिको बुझाइलाई अझै बढाउन पुर्ण सरसफाइ कार्यक्रम सन्चालन गर्ने सस्थाको लक्ष्य रहेको बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ । यस्तै सप्तरीको राजविराज नगरलाइ पर्यटकिय नगरको रुपमा परिचित गराउनका लागि राजविराज स्थित भगवती मन्दिरमा भगवती आराधनाको आयोजना गर्ने ,स्थानीय सरचनालाइ हृदयगण गरि समन्वय तथा सहकार्यमा कार्यक्रम सन्चालन गर्ने ,युवा लक्षित कार्यक्रम सगे जिल्लाको खस्कदो खेलकुदको अवस्थालाई सुधारको लागि सम्बन्धित निकायसग आवश्यक पहल तथा सहकार्य गर्ने तथा युवा लक्षित कार्यक्रमलाई प्रभावकारिता दिन नेपाल प्रहरीसग समन्वय र सहकार्यका साथ कार्यक्रम गरिनुका साथै सामुदाय र प्रहरी बिचको सम्बन्ध अझ सुमधुर पार्न आवश्यक सहकार्य गर्ने जनाएको छ । यसेगरि सस्थाले हालसम्म धेरै उपलब्धिहरु गरेको उल्लेख गर्दै सप्तरी जिल्ला अन्तरगत सुरुङ्गा नगरपालिकाका १ सय ५५ जना दलित किशोरिहरुलाइ विघालय जान सहजताको लागि साइकल लगायतका आवश्यक सामग्रीहरु वितरण गरेका छन भन्ने सिरहाको कल्याणपुर नगरपालिका ,सिरहा र कजृन्हा नगरपालिकाको खानेपानि सरसफाइ तथा स्वच्छता योजना तयारिको लागि आधारभुत सर्वेक्षण सम्पन्न गरि तथ्यांक प्रमानिकरण गरि अन्तिम चरणमा पुगेको उल्लेख गरिएको छ ।



ताजा खबर