सन्तोष गुप्ता
सुनसरी,कार्तिक ८ गते । नेकपा एमाले वराहक्षेत्र नगरपालिकाको वार्ड अधिवेशन सम्पन्न भएको छ । नगरभित्रको ११ वटै वार्डमा भएको अधिवेशनले सर्व सम्मत कार्यसमिति चयन गरेको छ । पार्टी विभाजन पछि भएको पहिलो अधिवेशनमा,नपाको प्रत्येक वार्डमा अध्यक्ष,उपाध्यक्ष र सचिवमा १,१ र २ जना उपसचिव र अन्य सदस्य गरि ३१ जना रहने कमिटिमा,वार्ड नं २ वाहेकका वडामा निर्विरोध पदाधिकारी चुनिएका थिए ।
वार्डको उपाध्यक्ष,सचिव र २ उपसचिवको लागि भएको मतदानमा उपाध्यक्षमा रेणुका कार्की, सचिव याद गौतम र उपसचिवमा अशोक कार्की र र हिमाल पौड्याल विजयी भएका थिए । अध्यक्षमा जितेन्द्र राई भने निर्विरोध भएको पार्टीको नगर सचिव राजेन्द्र कार्कीले बताए ।
वार्ड नं १ को अध्यक्षमा कृष्ण कट्टेल,उपाध्यक्ष दिपक राई, सचिवमा सौरव श्रेष्ठ, उपसचिवमा हेमराज र अमिता राई ,३ नं वार्डमा अध्यक्ष मोहन सुवेदी,उपाध्यक्ष असिलाल धामी,सचिव रउपसचिवद्वय योगश भट्टराई र कौसिला बनेम सहित २४ जना, वार्ड न ं४ मा अध्यक्ष गणेश वहादुर विष्ट,उपाध्यक्ष सुदिप र नारायण चौधरी उपसचिवमा रामनाथ गुरागा“ई र सृजजना धामी सहित १९ सदस्य चुनिएका छन् ।
अधिवेशनको वार्ड नं ५ को अध्यक्ष सुवास कुमार बस्नेत,उपाध्यक्ष योगमाया कार्की, सचिव राजेन्द्र निरौला, र उपसचिवमा मान वहादुर नेपाल र लक्ष्मी श्रेष्ठ सहित ३० जना, ६ नं वार्डमा,अध्यक्षमा घनश्याम पौडेल,उपाध्यक्ष निर्मला लिम्बु,सचिवमा राजन ढुंगाना तथा उपसचिवमा गङ्गगा पोखरेल र भोजन शिवा, वार्ड ७ को अध्यक्षमा होमनाथ निरौला,उपाध्यक्ष मेनुका लिम्बु,सचिव टिका प्रसाद श्रेष्ठ, उपसचिवद्वय खेम वहादुर खड्का र बिमला तामाङ्ग र वार्ड नं ८ को अध्यक्षमा अर्जुन बस्नेत,उपाध्यक्ष मोहन मगर, सचिव, आशिष खतिवडा र उपसचिवमा कृष्ण ऋषीदेव र भुपाल विष्ट चयन भएको सचिव कार्कीले बताए ।् ।
यसैगरी वार्ड नं ९ को अध्यक्षमा श्याम वहादुर मगर, उपाध्यक्ष मन्जु कार्की, सचिवमा यज्ञनिधि घिमिरे, र उपसचिवमा कृष्णराज घिमिरे र सुमन बुढाथोकी तथा १० नं वार्ड मा ३१ र वार्ड ११ को २५ सदस्यीय कमिटिको अध्यक्ष,सचिव र उपाध्यक्षमा क्रमशः मणिराज तामाङ्ग,कमला घिमिरे दाहाल,राम कुमार राई, मनमाया बुढाथोकी र दुर्गा महतरा तथा रमेश विष्ट,ज्याहुल रहमान अन्सारी,अमृत भुजेल,भुवन खड्का र ब्रह्मदेव मण्डल चयन भएको नगर संगठन विभाग प्रमृुख समेत रहेका कार्कीले बताए । पार्टीको आज नगर ,उप र महानगरपालिकाको अधिवेशन हु“दैछ ।