शुभ नारायण यादव
सप्तरी,कार्तिक ९ गते । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका आयोजना प्रमुख ई राजेश कुशवाहा माथि जनमत पार्टीका नेता कार्यकर्ताहरुद्वारा गरिएको अमानवीय व्यवहारको नेपाल ईन्जिनियरिङ् समाज घोर भतर्सना गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन ।
समाजका केन्द्रीय अध्यक्ष इ. सन्जिव नारायण यादवको अगुवाइमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गोतम मार्फत गृहमन्त्री समक्ष सो ज्ञापनपत्र बुझाएका हुन ।
बुझाएको ज्ञापनपत्रमा देशको उच्च मर्यादित बुद्धिजीवी ईन्जिनियर तथा राष्ट्र सेवक कर्मचारी माथी गरिएको अमानवीय व्यवहारको पराकाष्ठ रहेको जनाउदै समाजको उच्च व्यक्ति देश विकासमा अग्रपंक्तिमा को रुपमा स्थापित रहेको सिडिई लाई दिन दहाडै तालिवानी शैलिमा कार्यलय प्रवेश गरि कुशवाहा लगायतका कर्मचारीलाई हाथपात गरि अमानवीय तरिकाले कार्यालय प्रमुख लाई नगर परिक्रमा गराउँदा पनि प्रहरी प्रसासन मुखदर्शकको रुपमा बसेको देख्दा देशमा कानुनी शासन नभएको अनुभुती भएको उल्लेख गरिएको छ ।
यस्तै नेपाल ईन्जिनियरिङ् समाज प्रदेश नम्बर दुई समिति अन्तर्गत रहेको सम्पूर्ण ईन्जिनियरहरुको तर्फबाट कडा कारवाहीको जोडदार माग गर्दै विभिन्न समयमा कर्मचारीहरु लाई कुटपिट दुर्व्यवहार संग जोडिएको व्यक्तिलाई समय मा कार्वाही गरि कर्मचारीहरु लाई मनोवल बढाउन नसके देश भरी विरोध को कार्यक्रम घोषणा गरि ईन्जिनियरिङ् सेवा पूर्ण रुपमा ठप्प गर्ने चेतावनि समेत दिएको छ ।
त्यसेगरि नेपाल ईन्जिनियर्स एसोसिएसनको अगुवाइमा देश भरि नै नेपाल ईन्जिनियरिङ् सोसाइटी लगायत को संगठनरु शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम आयोजना भएको जनाउँदै यसरी शान्तिपूर्ण रुपमा गरिएको विरोध प्रदर्शन कार्यक्रम को तस्बिर सहित प्रदर्शनमा सहभागी भएका ईन्जिनियरहरु लाई धम्कीपूर्ण भाषामा Dr.CK Raut सचिवालयको अधिकारीक पेजबाट गरिएको पोस्ट प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। साथै यस प्रकारको तुच्छ शब्दको प्रयोग गरी कुनै अधार– प्रमाण बिना नै भ्रष्टाचारको हवाला दिइ कर्मचारी माथी भौतिक आक्रमण गर्ने लगायतका विभिन्न धम्कीहरु सिके राउत र उनका कार्यक्रतसहरुले समाजमा द्वन्द्व निम्त्याउन गरिरहेको गतिविधिहरू प्रति गृहमन्त्रालयलाई ध्यानाकर्षण गराउँदै आवश्यक छानबिन गरी कानुन बमोजिम कडा कारवाहीको लागि जोडदार माँग समेत गरेका छन ।
बुझाएको सो ज्ञापनपत्र
जिल्ला प्रहरी कार्यालय, सप्तरी,प्रदेश प्रहरी कार्यालय, प्रदेश नम्बर २, जनकपुरधाम, मानव अधिकार आयोगको कार्यालय, राजविराज, सप्तरीलाई समेत बोधार्थ गरिएको समाजकि इ. अन्जु यादवले जानकारी दिइन ।
दोषिमाथि कार्वाहिको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र
२०७८ कार्तिक ९, मंगलवार ०५:४५संबन्धित खबर
© 2024 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer