लागुऔषधबोकेका सिरहाका वडाध्यक्ष सहित दुईजना पक्राउ

२०७८ कार्तिक ९, मंगलवार ०५:५३

सिरहा,कात्तिक ९ गते । सिरहा प्रहरीले लागू औषध सहित एक वडा अध्यक्षलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ यादवलाई सोमबार बेलुका नाइट्रोभेट ट्याब्लेट १५ पिस सहित पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा अध्यक्ष यादवलाई सरकारी नम्बर भएको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा भारतबाट फर्किदै गर्दा माडर चौकमा चेकजांच गर्ने क्रममा प्रहरीले लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ गरेका यादवमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।
लागुऔषध सहित पक्राउ परेकाहरुको पूर्णविवरण सहित फोटो सार्वजनिक गर्दैआएका जिल्ला प्रहरीले वडाअध्यक्षके भने अझै सार्वजनिक गरेको छैन ।
त्यसैगरी, सोमबार वेलुकै प्रहरीले सिरहा नपा १८ ईटारीबाट लागुऔषध सहित अर्नमा गाउँपालिका ३ का २३ वर्षिय पप्पु दासलाई एक सय थान डाइजिपाम र एक सय थान नोर्फिन इन्जेक्सन सहित पक्राउ गरेको छ ।
चेकजाँचको क्रममा स. ४ प ७६०८ नक्वरको मोटरसाइकल सहित पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



ताजा खबर