घाँस काटेको बिबादमा ज्यान मार्ने प्रयास,सामुहिक रुपमा आक्रमण

२०७८ कार्तिक ९, मंगलवार ०५:५७

जीतेन्द्र कुमार राम
धनुषा,कार्तिक ९ गते ।
खेतको आलिको घाँस काटेको सामान्य बिबादको बिषयलाइ लिएर धनुषामा गएराती ४÷५ जनाको समुहले एक जनामाथी हत्याको प्रयास भएको छ।

धनुषाको सवैला नगरपालिका ४ पटेर्वाको अन्दाजी बर्ष ६५ को रुपा महरामाथी उक्त बिषयलाइ लिएर आइतबार राती १२ बजेतिर साविक चिकना गाबिस २ तथा हाल कल्यानपुर नगरपालिका ५ घर भइ बस्दै आएका रामदयाल साहको छोरा नथुनी साह संग आइतबार बिहानै ९ बजेतिरको समयमा आलिमा घाँस काटेको भन्दै निज महराको बुहारीलाइ अनापसनाप एवं गालिगलौज गरिरहदा महराले रोकेको पिडितका परिवारजनले बताए।

सामान्य झगडाको बिषयलाइ लिएर हातहतियार सहित आएका उक्त समुहले रुपा महरामाथी आक्रमण गरेको तथा महराको खेतको एक दुई कित्ता खेत परमात्र खेतमै सानो छाप्रो बनाएर खेतमै बस्दै आएका गंगबा महरा तथा अरबिन्द महराले निज महराको चिच्याएको आवाज सुनेपछी दौडेर गएपछी उक्त समुहको भागाभाग भएको तथा निज महराको ज्यान बचेको रुपा महराको नाति प्रदिप महराले बताए।

“ कमलाको पुर्वपट्टीका अधिकांश भुभाग तथा खेतियोग्य जमिन सिरहामै पर्ने गर्दछ।यो क्षेत्रका किसानहरुपनि तरकारी बाली तथा तरबुज,कांक्रो उब्जाउन र हेरचाह गर्न खेतमै सानो छाप्रो बनाएर बसिरहन्छ्न।बर्षायाममा पानी नपस्ने ठाउमा छाप्रो सार्छन।कमलाको पुर्व धनुषाको केही भुभाग तथा कमलाको पश्चिम सिरहाको केही भुभाग परेकोले सवै प्राय सानो छाप्रो बनाएर त्यही बस्ने गर्दछन।तर अचानक यसरी आएर आक्रामक शैलिमा ज्यानै मार्ने गरि हमला गर्नु नसोचेको भएको छ।हुनत खेतिपातिमा आलि काट्ने,घाँस काट्ने जस्ता कुरामा सानोतिनो बिबाद हुनु सामान्य कुरा हो,“पटेर्वाकै नाम नखोल्ने भन्दै एकजना किसान ले बताए।

हमलाको क्रममा निज पिडित महराको बायाँ हातको औठा भांचिएको,गम्भीर चोटपटक लागेको तथा हातको औठामा स्टिल लगाउनु पर्ने समेत महराको नातिले बताए। यता इलाका प्रहरी सवैलाले इलाकालाइ राती १ बजेतिर जानकारी पश्चात् खोजबिन गर्दा अपराधी फरार रहेको तथा अनुसन्धान कार्य गरिरहेको बताइएको छ।



ताजा खबर