सप्तरीमा बसको ठक्करबाट ४५ वर्षीया भगतको मृत्यु

२०७८ कार्तिक १०, बुधबार ०७:३१


शुभ नारायण यादव
सप्तरी,कार्तिक १० गते ।
सप्तरीको खडक नगरपालिका वडा न.–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा आज बिहान घाइते एक महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७७८४ नंको बसले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँकी रामचरित्र भगतकी श्रीमती ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भगतलाई उपचारका लागि यहाँको रुपनीस्थित युनिक अस्पताल भर्ना गरिएकामा मृत्यु भएको चिकित्सकले बताएका छन् । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा राखिएको छ ।
शवको आजे परीक्षण गरी परिवारका सदस्यलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । यता बस र चालक मोरङ धनपालथान गाउँपालिका–३ का ३२ वर्षीय विनोद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



ताजा खबर