सप्तरीको शम्भुनाथ नगरपालिकामा गाडीको ठक्करबाट निलगाईको मृत्यु

२०७८ कार्तिक १०, बुधबार ०७:३५


शुभ नारायण यादव
सप्तरी,कार्तिक १० गते ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको छ । निलगाई आज बिहान मृत अवस्थामा फेला परेको हो ।
सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिंँदा निलगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । चालक गाडीसहित फरार छन् । चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधवप्रसाद काफ्लेले बताए ।
मृत निलगाईलाई प्रहरीले शम्भुनाथ सबडिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । यता प्रहरी, कर्मचारी र स्थानीयवासीको रोहवरमा मृत निलगाईलाई खाल्डोमा गाडिने डिभिजन वन कार्यालयका रेञ्जर लक्ष्मण साफीले जानकारी दिए ।



ताजा खबर