महायज्ञको लागि साधु सन्तहरुको कार्तिक स्नान

२०७८ कार्तिक ११, बिहीबार ०८:४३

शुभ नारायण यादव
सप्तरी,कार्तिक ११ गते ।
सप्तरीको खडक नदिमा केही साधुसंतहरुले कार्तिक स्नान सुरु गरेको छ ।
खडक नदिमा कात्तिक १ गतेदेखि कात्तिक मास प्ररभ गरेको हो । बोदेबरसाइन नगरपालिका वडा ७ नेङ्गडा मन्दिरका साधुसंत र बरहाका साधुसंत गरि ९ जनाले कात्तिक स्नान प्ररभ गरेको हो । हिन्दु धर्मगथ्रमा कात्तिक स्नान गर्नाले सुख शान्ति , विभिन्न चर्मरोग, पाप नस्ट हुने जनविश्वास छ । कात्तिक स्नान गर्न साधुसंतमहातमाले खडक नदिकै छेउमा सानो टहरा बनार धयान गर्ने गरेको छ । साधु रामदहिन यादवका अनुसार हामीले भारतको अयोधियामा कात्तिक स्नान गर्न जाने गरेकोमा आफनै जिल्ला भित्र किन न कात्तिक स्नान नगर्ने भनेर पहिलो पटक खडक नदिमा कात्तिक मास स्नानको प्ररभ गरेका हौ । कात्तिक १ देखि ३ गतेसम्म निरनतर परेको झरिले निकै कस्टपूर्ण दिन रहेपनि स्थानीय बसिको अथक सहयोगले कुनै किसिमको बाधा भोगन नपरेको बताए । हामीले यो महिनाभरी यसै खडक नदिमा बसेर जपतप गरि भगवानसँग समाजमा समाजिक एकता भाईचारा,धर्मसहिंनसुनता कामका लागि यज्ञ प्ररभ गरिने जानकारी दिए । कात्तिक २४ गतेदेखि नवाह यज्ञ गरिने साधु रामदहिन यादवले जानकारि दिए ।
स्थानिय प्रमोद रामका अनुसार बाहिरवाट कुनै किसिमको सहयोग नपाएपनि खाद्यान्न ,बिजुलिबति, साउणड, दाउरा,र टेनटको ब्यबस्थापन स्थानीयले सहयोग गरिरहेको छ भने बोदेबरसाइन नगरपालिकाले जेसिबि दिएर नदिमा बाध बाधन मदत गरेको हो । यसैबीच बिहीबार स्थानीयबासिले यज्ञको खर्च खडक नगरपालिका वडा न ११ लाई नवाह यज्ञको खर्च बेर्हाेने छ ।



ताजा खबर