एमाले अधिवेशन,ताप्लेजुङका ६ वटा पालिकामा नयाँ नेतृतब चयन

२०७८ कार्तिक ११, बिहीबार ०८:४६


ताप्लेजुङ,कार्तिक ११ गते । एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङका ६ वटा स्थानीय तहमा एमालेको नेतृत्व चयन भएको छ । छ वटामा सर्वसम्मत चयन भएको हो भने एउटामा मतदान भएको थियो । फुङलिङ नगरपालिकामा बुधबार बेलुका अबेरसम्म निर्वाचन प्रक्रिया चलेको छ भने दुईवटा गाउँपालिकामा तिहारसम्ममा गर्नेगरी सारिएको छ । फुङलिङमा हेमन्तकुमार उप्रेती, धनेन्द्र मादेन र भरतकुमार गुरुङले अध्यक्षमा दाबी गरेका छन् ।मैवाखोला गाउँपालिकामा मतदानमार्फत पदाधिकारी चयन भएको थियो । लालकाजी लिम्बु, दिवस चोङवाङ र गणेश प्रसाईंबीच भएको प्रतिस्पर्धामा लालकाजीले ७१ मत प्राप्त गरी अध्यक्ष चयन भएका छन् । दिवसले ६४ मत प्राप्त गरे भने गणेशको शून्य मत प्राप्त गर्नु भएको रुपेन्द्र वनेमले जानकारी दिनु भयो । उपाध्यक्षमा आशा थोप्रा, सचिव रुपेन्द्र वनेम र उपसचिवमा चिरञ्जिवी चोङवाङ र रुपनारायण घिमिरे चयन भएका छन् । मिक्वाखोला गाउँपालिकामा अध्यक्षमा दिवस लिवाङ,उपाध्यक्ष प्रताप लिम्बु ,सचिव लक्ष्मी थलङ,उपसचिवमा तोम अधिकारी र बद्री थापा चयन हुनु भएको छ।
आठराई त्रिबेणी गाउँपालिकामा सूर्यमान यम्सो, आइन्द्र आङवोहाङ, मदन सेन्दाङ, कर्णबहादुर थलङ र तारा न्यौपाने, फक्ताङलुङ गाउँपालिकामा सरोज एभेङ, मचिन्द्र तवेवुङ, विरेन्द्र दाहाल सुमन आङदेम्बे र दावाडोमा शेर्पा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव चुनिएका छन् ।सिरिजंगा गाउँपालिकामा सन्तोष चाम्लिङ, इन्द्र घतानी, पूर्णकुमार डाँगी, नविन थेवे र दिपेन्द्र तुम्याहाङ, पाथीभरा याङवरकमा बिक्रम मेन्याङ्बो, भीमबहादुर साम्सोहाङ, लोकनाथ खतिवडा र पूर्ण तिवारी क्रमशः अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव भएका छन् । उपसचिवमा एक महिला चयन गर्न बा‘की रहेको छ ।
मेरिङदेन गाउँपालिकाको दुइटा वडामा वडा अधिवेशन गर्न बाँकी रहेकाले पालिका अधिवेशन स्थगित छ भने सिदिङ्वा गाउँपालिकाले तिहारअघि नै गर्नेगरी मिति तय हुने जनाएको छ ।



ताजा खबर