गाउँपालिका अध्यक्षकै मिलोमतोमा छात्रवृत्तीमा व्यापक भ्रष्टाचार, सिडिओलाई ज्ञापन पत्र

२०७८ कार्तिक १२, शुक्रबार ०५:०४


शुभ नारायण यादव
सप्तरी,कार्तिक १२ गते ।
संयुक्त संघर्ष समितिले सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्षकै मिलोमतोमा छात्रवृत्ती रकमसम्ममा भ्रष्टाचार भएको भन्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापन पत्र बुझाएको छ ।
विभिन्न नौ बुँदे मागसहित समितिका पदाधिकारीहरुले सिडिओ जनार्दन गौतममार्फत शिक्षा विज्ञान तथा प्राविधि मन्त्री र प्रदेश २ का सामाजिक विकास मन्त्रीकालागि ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा सप्तरीको छिन्न्मस्ता गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय खुदिबखारी कुपहीको छात्रवृत्ति रकमसम्म भ्रष्टाचार भएको दावी गरिएको छ ।
प्रदेश सरकारबाट विभिन्न शिर्षकमा आएको बजेट पचाउन माध्यमिक तहका स्थायी शिक्षक हुँदाहुँदै पनि निमित्त प्रधानाध्यापक कपिलेश्वर अमात (राहत कोटाबाट निम्न माध्यमिक शिक्षक)लाई जिम्मेवारी दिइएको तथा जिम्मेवारी परिवर्तन गर्न लिखित रुपमै पटक पटक भन्दा पनि गाउँपालिका अध्यक्षले नमानेको ज्ञापन पत्रमा आरोप लगाइएको छ ।
बुझाएको ज्ञापनपत्रमा हाल सम्म पाठयपुस्तक कुनै पनि विघालयका विघार्थिहरुलाइ उपलब्ध नगराएकोले सो अविलम्ब उपलब्ध गराउनुपर्ने , गाउपालिकाबाट आव २०७६÷०७७ मा निकासा भएको छात्रवृत्ति रकम रु. १ लाख २९ हजार २ सय वितरण नगरि भ्रष्टाचार गरेको तथा आव २०७७÷०७८ मा छात्रवृत्ति रकम अविलम्ब वितरण गर्नुपर्ने ,यश विघालयमा प्रावि , निमावि र मावि तहमा स्थायि शिक्षक कार्यरत हुदा हुदै पनि निमावि राहत कोटाका शिक्षक कपिलेश्वर अमात निमित प्रअ बाट हटाइ मा. शि. तृतीय स्थायि शिक्षकलाइ निमित्त प्रअको जिम्मेवारी अविलम्ब दिई गुणस्तरीय शिक्षाको लागि मावि शिक्षकलाइ निमित्त प्रअ बनाउनुपर्ने ,गाउपालिकामा मिति २०७८ साउन २२ गते दर्ता न.१५२ को निवेदनमा तोकआदेश अनुसार शिक्षा शाखाले पेश गरेको प्रतिबेदन अविलम्ब कार्यान्वयन गर्नुपर्ने माग गरेका छन । यसेगरि मावि कोचाबखारि कुपहि र क्षेत्रीय शिक्षा विकास निर्देशनालय धनुषा बिच भएको सम्झौता अनुसार तीन वर्षे सव इन्जिनियर अविलम्ब सन्चालन गर्ने सम्बन्धमा प्रदेश सरकारबाट आव २०७६÷०७७ मा रकम रु.२५ लाख र आव २०७७÷७८ मा रकम रु.२५ लाख छानवीन गरि आवश्यक कार्वाहि गर्नुपर्ने ,मावि तहमा विषयगत शिक्षक दरबन्दी सहितको व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ । यस्तै गाउपालिकाबाट यश विघालयमा आव २०७६÷०७७ मा कक्षा १ देखि ५ कक्षा सम्मको विघार्थिहरुको लागि दिवा खाजा रकम रु.४ लाख २७ हजार ५० रुपेया निकासा भएकोले सो दिवा खाजा हालसम्म सन्चालन नगरि भ्रष्टाचार गरेकोले आवश्यक कार्वाही गर्नुपर्ने , यश विघालयमा विभिन्न शिर्षकमा गाउपालिका र प्रदेश सरकारबाट भएको रकमको छानवीन गरि आवश्यक कार्वाही गर्नुपर्ने तथा छिन्नमस्ता गाउपालिका वडा न.६ अन्तरगत रहेका सार्वजनिक पोखरिहरु मध्ये गाउपालिका अध्यक्षले दशोनि पोखरिको रेखदेख र व्यवस्थापनको जिम्मा दिएका लाई खारेज गरि वडा न.६ अन्तरगत रहेका सार्वजनिक पोखरिहरु निजिकरणबाट हटाइ सार्वजनिक रुपमा ठेक्का बन्दोबस्ति गर्नुपर्ने लगायतका मागहरु अघि सारिएको स्थानीय युवा नेता कपिलदेव मुखियाले जानकारी दिए ।
यता आफुहरुको जायज माग सम्बोधन नभए कडा आन्दोलनमा जाने ज्ञापन पत्रमा चेतावनी पनि सर्घष समितिका सचिव बिनोद कुमार मण्डलले दिएका छन ।



ताजा खबर