अमात जातिको अधिकारका लागि सम्पूर्ण स्वजातिहरुलाइ एक जुट हुनुपर्ने शुभ नारायण यादव

२०७८ कार्तिक १३, शनिबार १६:४२

सप्तरी,कार्तिक १३ गते । अमात जातिको हक अधिकारको लागि सम्पूर्ण स्वजातिहरुलाइ एक जुट हुनुपर्नेमा जोड एक कार्यक्रमका सहभागीहरुले दिएका छन । नेपाल अमात समाज कल्याण समिति जिल्ला कार्य समिति सप्तरीले आज मावि गोरगमामा आयोजना गरेको शुभकामना आदान प्रदान तथा जनगणनाको लागि अन्तरकृया कार्यक्रममा सहभागी बक्ताहरुले सो कुरामा जोड दिएका हुन । कार्यक्रममा सहभागीहरुले यश अघिल्लो जनगणनामा मधेशका राय अमात जातिलाई पहाडि राई बनाएको प्रति आक्रोश ब्यक्त गर्दै अब अगामि दिनमा राज्यले यस्तो विभेद गरेको खण्डमा कडा आन्दोलन गर्ने चेतावनि समेत दिएका छन । राज्यको हरेक निकायमा अमात जातिहरुको पनि सम्मान अधिकार पाउनुपर्नेमा जोड दिदै कार्यक्रममा सहभागिहरुले यसका लागि सम्पूर्ण स्वजातिहरुलाइ एक ढिक्का भएर अगाडि बढन अनुरोध समेत गरेका छन । समाजका चन्देश्वर मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका केन्द्रीय सदस्य जागेश्वर राय ,लक्ष्मि राय ,धर्मलाल राय , रामकुमार राय , हरेराम राय , युवा पत्रकार शुभ नारायण यादव , बिनोद कुमार मण्डल ,श्रवण राय लगायतका बक्ताहरुले स्वजातिहरुको अधिकार सुनिश्चितताको बारेमा जोड दिएका थिए । समाजका रवि कुमार रायले सन्चालन गरेको सो कार्यक्रममा महिलानेतृ किरण राय , मनोज राय , जगदिश मण्डल ,अरुण कुमार राय ,उदय कुमार मण्डल ,सत्यनारायण राय , सन्जय राय ,राम नारायण राय लगायतकाहरुले आ आफ्नो शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।



ताजा खबर