राजविराज कुनोलि सडक भत्किदा हजारौं सर्वसाधारणहरुलाइ आवत जावतमा समस्या

२०७८ कार्तिक १४, आईतवार ११:१४


शुभ नारायण यादव
सप्तरी,कार्तिक १४ गते ।
सप्तरीको राजविराज कुनोलि सडक खण्ड अन्तरगत तिलाठि कोइलाडि स्थित बेल्हि भन्सार नजिक सडक भत्किदा त्यस भेगका दर्जनौं वडाका हजारौं स्थानीयबासिहरुलाइ दिनहु आवत जावतमा समस्या उत्पन्न भइरहेका छन । विगत एक महिना अघि आएको जिता र खाडो नदिमा आएको बाढिले सो सडक भत्किदा पेदल यात्रिहरुलाइ समेत दिनहु छिमेकि भारतको कुनोलि बजार आवत जावतमा समस्या उत्पन्न भइरहेका हुन । सडकको बिच भागमे भत्किएका कारण सप्तरीको तिलाठि कोइलाडि , हनुमाननगर कङकालिनि नगरपालिकाको विभिन्न वडाका साथे अन्य छिमेकि वडाका हजारौं स्थानीयबासिहरुलाइ दिनहु कुनोलि बजार आवत जावतमा निकै कठिनाइ झेल्नु परेपनि सो सडक निर्माणका लागि अहिलेसम्म न त सडक डिभिजन कार्यालय तथा न त गाउपालिका तथा नगरपालिकाको ध्यान नपुगेको स्थानीय उमेश कुमार यादवले गुनासो गरेका छन । उनका अनुसार सो सडक भत्किएका कारणले सो सडक भएर आवत जावत गर्ने हजारौं स्थानीयबासिहरुका साथै दर्जनौं सिटि सवारिहरु समेत ठप्प रहेका छन । सडक भत्किएको स्थानदेखि न त उता सिटि अथवा अन्य कुनै सवारि साधन जान सकिरहेको छ न त पेदल ने ,तर पनि सो सडक मर्मत सम्भारका लागि कुनै निकायले ध्यान दिएको छेन । सडक भत्किएको महिना दिन बितिसक्दा पनि मर्मत सम्भारका लागि कुनै निकायले ध्यान नदिएका कारणले चाडवाडको बेलामा छिमेकि भारतको कुनोलि बजार पेदल हिडेर आवत जावत गर्नुपरेको स्थानीयबासिहरुको गुनासो रहेको छ । बर्षासगे आएको बाढिले सो सडक भत्किएपछि अहिले सशस्त्र प्रहरीले बाटोमा विजुलिको पोल हालेपछि सर्वसाधारणहरु पेदल यात्रा गर्न सकिने अवस्था रहेपनि सवारि साधन सन्चालन हुन नसकेका कारणले सो सडकमा सन्चालित झण्डै एक दर्जन सिटि सवारिका धनिहरुको रोजि रोटिमा समेत धोधो भएको सिटि सवारिका चालकहरुको गुनासो रहेको छ । उक्त सडक मर्मत सम्भारका लागि अविलम्ब गाउपालिका ,नगरपालिका तथा सम्बन्धित निकायले ध्यान नदिएको खण्डमा कडा आन्दोलन गर्ने चेतावनि स्थानीयबासिहरुले दिएका छन । यसेबिच सो सम्बन्धमा तिलाठि कोइलाडि गाउपालिकामा अध्यक्ष् सतिश सिहसग सम्पर्क गर्दा उहासग सम्पर्क हुन सकेन ।यता हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१४ रम्पुरा मल्हनियाका वडाअध्यक्ष सत्य नारायण यादवले सो सडक मर्मत सम्भारमा लागि नगरपालिका तथा सम्बन्धित निकायसग आफुले पनि पटक पटक अनुरोध गर्दा पनि हालसम्म सडक निर्माणका लागि कुनै पहल नभएको गनासो गरेका छन ।



ताजा खबर