राजिव शाह
सर्लाही,कार्तिक १५ गते । समाज प्रतिको चिन्तन,अन्तर धार्मिक लगन परम्परा हानिकारक अभ्यासहरु न्यूनीकरण,समाजिक सदभावका लागि अगुवाहरूको भुमिका विषयक छ्लफल तथा शुभ दिपावली र छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हरिपुर स्थित रेडक्रस हलमा आज (सोमबार) सम्पन्न भएको छ ।
निरन नेपालको हरिपुर नगर स्तरीय अध्यक्ष अजय चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा हरिपुर नगरपालिका समाजिक बिकास शाखा प्रमुख बिनय पौडेल वडा अध्यक्ष रिखेसवर कडरिया,राजनीतिक दलका तर्फबाट महिला अतिथि अनिता देबी,नगरपालिका प्रतिनिधि धार्मिक अगुवाहरूले शुभकामना आदानप्रदान गर्नुको साथै समाजमा रहेको विकृति बिसङ्ती विरुद्धमा धार्मिक गुरुहरुको भुमिका महत्वपुर्ण रहेको बिचार राखेका थिए । महिलाको महत्व धर्म शासत्रबाट बारेमा अजय चौधरीले प्रस्तुत गर्नु भएको थिए ।
कार्यक्रममा अन्तर धार्मिक संजाल नेपालको आयोजनामा भएको कार्यक्रममा हरिपुर,चन्द्रनगर र मलंगवाका धार्मिक अगुवाहरूको उपस्थित रहेको निरन नेपालका कार्यक्रम संयोजक आशिष चौधरीले जानकारी दिए ।
हरिपुरमा अन्तरधार्मिक नगर स्तरीय छ्लफल तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
२०७८ कार्तिक १५, सोमबार १०:५५संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer