सुखिपुरमा मृत युवके धान खेतमा भेटिए

२०७८ कार्तिक १५, सोमबार १०:५८


सिरहा,कात्तिक १५ गते । सिरहामा एक युवक धानखेतमा मृत फेला परेको छ । सुखिपुर नगरपालिका ४ दहिपौडीको नहरदेखि दक्षिण धान खेतमा छिमेकी पालिका औरहीका गाउँ पालिका ४ का २५वर्षिय सचिन यादव मृत फेला परेको हो ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले शव पोष्टमार्टमका लागि सिरहा पठाइएको छ । उनको मृत्यू कसरी भएको भन्ने विषयमा केहि खुल्न सकेका छैन । औरहीबाट कसरी उनी त्यहाँ पुगेको कुरा पनि नखुलेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



ताजा खबर