स्थानीय युवाको पहलमा दलितले पाए राहत

२०७८ कार्तिक १६, मंगलवार ०९:५३

जीतेन्द्र कुमार राम
जनकपुरधाम,कात्तिक १६ गते ।
धनुषाको सवैला नगरपालिकामा युवाहरूले सक्रिय भुमिका निर्वाह गर्दै दलित समुदायका सवै जातजाति एवं बर्गलाई राहत बाडेका छन।
जिल्लाकै सवैला नगरपालिका वडा नं ४ मा २२० परिवार,वडा नं १२ मा ९० परिवार तथा हंसपुर नगरपालिका वडा नं ७ मा सिंगो दलित समुदायलाई नै राहत बितरण गरिएको दलित अगुवा अध्यक्ष पच्चु माझीले जनाए।

दलित समुदायको हकहित,अधिकार,संरक्षण एवं पहिचानको क्षेत्रमा कार्यरत संस्था दलित सरोकार मन्च कंचनपुर तथा उक्त संस्थाका अध्यक्ष भोला पासवानको बिशेष पहलमा कोरोनाबाट दलित समुदायमा भएका अभावलाइ खाधान्न अभाव पुर्ती गर्न २५ किलो चामल,१० किलो पिठो,खाने तेल,सोयाबिन र नुन बितरणमा बिशेष निगरानी गर्दै स्थानिय जनप्रतिनिधि राम सुन्दर मुखियाले सहयोग गरेको हो।

स्थानिय निर्वाचन नजिकिदा यतिबेला राजनीतिकर्मिहरु मत बटुल्ने माहौल बनाउन अनेकन प्रयास थालिएको समय आफ्नै नेतृत्वमा ल्याइएको राहत बितरण गर्न थुप्रै चुनौती थेग्नुपरेको तथा समस्याहरु भोग्नुपरेको दलित युवा मनोज पासमानले बताए।
राहत बितरण पुर्व युवाहरुले टोलटोलमा गइ नामावली लिन जादा उतिबेला भोटको राजनिती गर्नेहरुले ब्यक्तिलाइ भड्काउनेहरु यतिबेला धांदली समेत गरि राहत बितरणको नाउमा आफू चुनावको तयारी गरिरहेको लगायत अन्य भित्रभित्रै योजना रहेको आरोप लगाए पनि हामिले राहत सफलपुर्वक बाड्न सफल भएको समेत जनाए।



ताजा खबर

error: Content is protected !!