सप्तरीको राजबिराज नगर भित्रको फोहर ब्यवस्थापनमा बर्षेणी करोडौं रुपैयाँ दुरुपयोग

२०७८ कार्तिक १७, बुधबार ०४:५१


शुभ नारायण यादव
सप्तरी,कार्तिक १७ गते ।
मुलुककै पुरानो तथा ऐतिहाँसिक शहरको रुपमा पहिचान बनाएका राजबिराज नगरपालिका भित्रको फोहर ब्यबस्थापनमा बर्सेनि करोडौंको बजेट दुरुपयोग हुने गरेको पाईएको छ । नगरपालिकाको यति ठूलो रकम सरसफाईमा खर्च भएपनि अपेक्षित रुपमा फोहर ब्यबस्थापन नहुँदा बजेटको दुरुपयोग हुने गरेको रहस्य उदाङ्गो भएको हो ।
महालेखा परीक्षकको बार्षिक प्रतिबेदन २०७८ अनुसार प्रत्येक बर्ष सरसफाई कर्मचारीको ज्यालामा मात्र ७२ लाख ९० हजार खर्च गरेको देखिन्छ । यस्तै सफाईको सामान खरिदमा १० लाख गरि बर्षेणी ८२ लाख, ९० हजार खर्च हुने गरेको प्रतिबेदनमा उल्लेख छ । नगरपालिकाले सोहीअनुसारको सवारी साधन र त्यसमा लाग्ने इन्धन खर्च गर्ने गरेको छ । महालेखाको प्रतिबेदनमा सवारी साधन तथा त्यसमा लाग्ने ईन्धन खर्च उल्लेख गरिएको छैन ।
नगरपालिकाले फोहर ब्यबस्थापनको नाममा करोडौं सकेपनि सरसफाईको अबस्थामा भने सुधार ल्याउन नसकेको स्थानीयहरु बताउँछन् । नगरपालिका भित्र बिभिन्न स्थान, सडक पेटी, नाला, घना आवादी क्षेत्रमा अत्यधिक फोहर देखिन्छ महालेखाको प्रतिबेदन अनुसार यो बर्ष मात्र स्विपर (सरसफाइ कर्मचारी) ज्याला ७२ लाख ९० हजार तथा सरसफाईका सामानमा १० लाख समेत ८२ लाख ९० हजार खर्च गरेको छ त्यति ठूलो रकम सरसफाइमा खर्च भएपनि अपेक्षित रुपमा फोहर ब्यबस्थापन गरेको देखिदैन ।
तसर्थ यसको लागि नगरपालिकाले दीर्घकालीन कार्ययोजना बनाई नगरभित्र र बाहिरबाट नगर प्रदेश गर्ने जनताको स्वास्थ्य जीवनयापन गर्ने अधिकारको सुनिश्चितता प्रदान गरि नगर क्षेत्रलाई स्वच्छ, सफा, सुन्दर र हराभरा बनाउनुपर्नेमा सो नहुँदा बजेटको दुरुपयोग मात्र भएको महालेखा परीक्षकको प्रतिबेदनमा उल्लेख गरिएको छ । राजबिराज नगरपालिकाले नगरक्षेत्रमा भएको फोहर नठाउँदा बजार दुर्गन्धित हुने गरेको स्थानीयहरुको गुनासो छ ।
राजबिराज शहरको मुख्य बजार क्षेत्रमा पर्ने ७ नम्बर वडाको फोहर उठाउँदा झनै फोहरी नगरपालिकाको परिचय दिने गरेका छन् । नगरपालिकामा नाला जाम भएर पानीको निकास नहुँदा थप दुर्गन्ध फैलिएको स्थानीयहरु बताउँछन् । राजबिराज नगरपालिकामा फोहरसँगै अधिकांश सडक जीर्ण भई सर्वसाधारणलाई आवतजावत समस्या हुँदा समेत नगरपालिका भने मौन बस्ने गरेका छन् ।



ताजा खबर