शुभ नारायण यादव
सप्तरी,कार्तिक १७ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका झण्डै २ सय बढी कर्मचारीहरु तलव माग्दै गाउँपालिकाका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । गाउँपालिका अन्तर्गत रहेका विद्यालयका शिक्षक, स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी, कृषि, पशु सेवालगायतका कर्मचारीहरुले गाउँपालिकाका केन्द्र रहेको छिन्नमस्ता बजार क्षेत्रमा परिक्रमा गर्नुका साथै कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
आन्दोलनरत कर्मचारीहरुमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीहरु समेत रहेका छन् ।विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई अषाढ यता तलव भुक्तानी गरिएको छैन भने अन्य कर्मचारीहरु भने पछिल्लो सात महिनादेखि तलवविहीन रहेका छन् । गाउँपालिका कार्यालयमा करारमा कार्यरत रहेका मध्यै ७ जना कर्मचारीहरु त झण्डै डेढ वर्षदेखि तलवकै लागि संघर्ष गरिराखेका छन् ।
जनप्रतिनिधिहरु बीच आपसी तालमेलको अभावका कारण पछिल्लो दुई वर्ष यता छिन्नमस्ता गाउँपालिकाले आफ्नो गाउँ सभा समेत गर्न भ्याएको छैन् । यता केन्द्रले प्रमुख प्रशासकीय अधिकृतलगायत आवश्यक कर्मचारी नपठाएका कारण पनि गाउँपालिका लथालिङ्ग अवस्थामा पुगेको स्थानीयहरुको भनाई छ ।
सप्तरीको छिन्नमस्ता गापामा तलव माग्दै गाउँपालिका अगाडि प्रदर्शन
२०७८ कार्तिक १७, बुधबार ०५:००
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer