सिरहा,कात्तिक २२ गते । सिरहामा श्री डाँकिनी माता बहुउद्देश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ ।सिरहा जिल्लाको भगवानपुर गाउँपालिका वडा नं.३ मा अवस्थित राष्ट्र सेवक कर्मचारीहरूद्वारा स्थापित श्री डाँकिनी माता बहुउद्देश्यीय सहकारी संस्थाको आइतबार साधारण सभा सम्पन्न भएको संस्थाका सकृय सदस्य श्रवण कुमार महतोले जानकारी दिनु भयो ।महतोले भने संस्थाले विभिन्न सामाजिक क्रियाकलाप अन्र्तगत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यस संस्थाले समय समयमा तालिका बनाई शेयर सदस्यहरुलाई सहभागीता गराई विभिन्न सिप मुलक तालिम दिने,अन्र्तक्रिया गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको छ ।
उक्त कार्यक्रममा श्री डाँकिनी माता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बलभद्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भगवानपुर गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद यादबको उपस्थिति रहेको थियो ।
त्यसै गरि कार्यक्रममा बिशिष्ट अतिथि पुर्व मन्त्री राजलाल यादव, भगवानपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादव अतिथि वडा अध्यक्ष हरीनारायण यावद, वडा सदस्य अरूण कुमार यादव लगायत,बुद्धिजिवी,समाजसेवी,संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
श्री डाँकिनी माता बहुउद्देश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारण सभा सम्पन्न
२०७८ कार्तिक २२, सोमबार ०७:२२
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer