शुभ नारायण यादव
सप्तरी,कात्तिक २३ गते । बुवा स्व. धर्मि यादव र आमा स्व.हल्फा देवि यादवको नाउमा निस्वार्थ भावले पछिल्लोपटक सप्तरीमा सामाज सेवा गर्दै आउनु भएको छ ,समाजसेवि एव इ.सुर्य नारायण यादव । अग्निपिडित,बाढि पिडित ,चिसो पिडितका साथै कुने पनि गरिब,असहाय,एकल महिला लगायतकालाइ निस्वार्थ भावले विभिन्न सामग्रीहरु वितरण गरेर सामाजिक क्षेत्रमा निकै योग्दान गरेका ब्यक्ति हुन उहाँ । यसे क्रममा धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा आगलागिबाट आहतलाई राहत वितरण गरेको छ । सप्तरीको राजविराज नगरपालिका वडा न.–१ शिवथान गाउका अग्निपीडितहरु मोहम्मद हबीब र हदिसा खातुन (एकल महिला)लाई एक कार्यक्रमका बिच राहतस्वरुप त्रिपाल ,झुल ,तन्ना ,थाल गिलास ,कराही, डेकची, छोलनी लगायतका सामाग्रीहरु वितरण गरेको संस्थाका अध्यक्ष एवम् समाजसेवी ई सूर्य नारायण यादवले जानकारि दिनुभयो । तीन दिन अघि आगलागि हुदा अनुमानित १०लाखभन्दा बढीको क्षति भएको थियो ।
सो राहत वितरणमा नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रबंधक निरंजन कुमार झा ,युवा पत्रकार शुभ नारायण यादव, बिन्देश्वर यादव, नेकपा समाजवादीको नेता प्रताप नारायण चौधरी,युवा नेता सुनिल चन्दन,राजेश चौधरी लगायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
इ.यादवले आमाबुवाको नाममा निस्वार्थ समाजसेवा जारि
२०७८ कार्तिक २३, मंगलवार ०५:०७संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer