पर्सा,कात्तिक २३ गते । तिहार सकिएसँगै पर्सा जिल्ला लगायत देशको विभिन्न ठाउँमा छठको तयारी शुरु भएको छ । पकाहामैनपुर गाउँपालिका स्थित मधुबनीको पोखरी किनारमा आकर्षकरूपमा छठघाट निर्माण शुरु भएको छ ।
मधुबनी छठघाट देखि मधुबनी गाउँसम्म आकर्षकरूपमा झालार बत्ती लगाई सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस गाउँपालिकामा १५ वटा छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ । यस गाउँपालिकामा सफाइ , माटो सम्याउने लगायत काम पनि भइरहेको छ । छठ पर्वको तयारी स्वरूप आज सोमबारको दिन मधुबनी छठघाटमा सफाइ गरिएको थियो ।मधुबनी छठघाटमा पूजाका लागि मधुबनी गाउँबासीहरु मिली गाउँबाट चन्दा उठाएर पूजा गर्ने लागिएको मधुबनी बासीहरुले बताएका छन् । गत वर्ष कोरोनाका कारण छठ पूजा बढी धूमधामले गरिएको थिएन भने यस पालि अलि स्तिथि साम्य भएपछि धूमधामका साथ छठ पूजा गर्ने लागिएको छ।
पर्साको मधुबनी छठघाट निर्माण कार्य सुरु
२०७८ कार्तिक २३, मंगलवार ०५:४५
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer