सिरहामा फर्निचर शो रुममा आगलागी लाखौंको समाग्री जलेर नष्ट

२०७८ कार्तिक २३, मंगलवार ०६:०७

सिरहा,कात्तिक २३ गते । सिरहाको गोलबजारमा रहेको एक स्टिल फर्निचर शो रुममा आगलागी हुँदा लाखौंको सामान जलेर नष्ट भएको छ । गोलबजार नगरपालिका वडा नं. ६ मा रहेको ज्योती स्टेशनरीले सञ्चालन गरेको फर्निचर शो रुममा रहेको स्टिल दराज, टेवल, फर्निचर निर्माणमा प्रयोग हुने फम, म्याट, कार्पेट लगायतका सामाग्रि जलेर करिब १२ लाख मूल्य बरावरको सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
गोदाममा करिब १२ लाख मुल्य बराबरको सामान रहेको सन्चालक ज्योती नायकले बताए । जसमध्ये सवै सामाग्री जलेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख सन्तोष राईले जानकारी दिए ।
आगो गोलबजार नगरपालिकाको बारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी,सशस्त्र प्रहरीले करिव एक घण्टा लगाएर नियन्त्रणमा लिएको थियो ।



ताजा खबर