मिर्चैयाःअबैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको अबस्थामा ५१ थान सखुवाको चिरान बरामद

२०७८ कार्तिक २३, मंगलवार ०६:१२


सिरहा,कार्तिक २३ गते । अबैध रुपमा लुकाई छिपाई राखेको अबस्थामा ठुलो परिमाणका साल (सखुवा) चिरान डिभिजन वन कार्यालय सिरहाले बरामद गर्नुभयो ।
विशेष सूचनाको आधारमा मिर्चैया नगरपालिका वडा नं. ९ पुलिसपट्टाबाट जंगलमा ल्याई भाडीमा लुकाई छिपाई ल्याउँदै गरेको अबस्थामा ५१ थान सखुवाको चिरान बरामद गरेको हो ।

चुरेक्षेत्रको बाटोहुँदैै अवैधरुपमा तस्करहरुले काठ ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुगेका सव डिभिजन वन कार्यालय मिर्चैया, चोर्हवा र जिल्लाका सशस्त्र वन रक्षकको टोलिले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिए ।
उनले बरामद काठ जङ्गलक्षेत्रमा यत्रतत्र छरिएको अवस्थामा फेला परेको यादबले जानकारी दिए । विक्रिको लागि ठिक्क पारिएर राखेको भन्ने विशेष सुचनाको आधारमा त्याँ पुग्दा कतै दुईवटा कतै चारवटा छरिएर राखेको अवस्थामा फेला परेको सशस्त्र वन सुरक्षा शाखा प्रमुख ब्रहमदेब यादबले बताए ।
जमदार योगेन्द्र प्रसाद यादबका अनुसार जिल्ला उदयपुरबाट चोरी पैठारी गरी सिरहा तर्फ सखुवाको चिरान आउने गरेको बताए । काठको संख्या एकीन भएपनि नापजोख गर्न बाँकी रहेको बताए ।
पक्राउ परेका काठ अहिलेको बजार भाउ अनुसार तीन लाख भन्दा मूल्यको रहेको बताइएको छ । यस सम्वन्धमा आवश्यक अनुसंधान भई रहेको डिभिजनल वन अधिकृत दासले बताउनु भयो ।



ताजा खबर