ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनका स्थानीय प्रविण बस्नेतको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको हो ।मध्यराती अर्थात रातको १२ बजेपछि आगलागी भएका कारण घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायत कुनै पनि सामान तथा धनसम्पत्ति निकाल्न नपाउँदा बढी क्षति भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आगलागी हुँदा लाखौंको क्षति
२०७८ कार्तिक २६, शुक्रबार ०५:३६संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer