राजिव शाह
सर्लाही,कार्तिक २७ गते । सर्लाहीमा प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । हर प्रहर,गाउँ र नगरी टोलटोलमा नेपाल प्रहरी समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सवारी दुर्घटना न्यूनीकरणका लागि इलाका प्रहरी कार्यालय हरिपुरले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक कार्यालय संग समन्वय गरि ट्राफिक नियम पालना गरी यात्रुहरुलाई जनचेतनामूलक पर्चा पम्पलेट वितरण अभियान जिल्लाव्यापी सुरु गरिएको छ ।
तपाईंको सुरक्षा हाम्रो सरोकार ´´ अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको मोटरसाइकल/ स्कुटर प्रयोगकर्ताहरुलाई सवारी दुर्घटनाका कारणहरु र मोटरसाइकल स्कुटर चलाउदा ध्यान दिनु पर्ने कुराहरु बारेमा जानकारी गराइएको इलका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।
प्रदेश नं.२ मा प्रहरी साझेदारी कार्यक्रम उत्कृष्ट भएको प्रहरी निरीक्षक पौडेल तथा कार्यक्रम फोकल पर्सन कृष्ण गिरीले बताउनुभयो । सडक दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले प्रहरी साझेदारी कार्यक्रम कार्तिक २६ गते बाट जिल्लाभरीका ६० वटा युनिटमा एक १५ दिने अभियानको रुपाम सुरु गरिएको हो । देश व्यापी रुपमा सुरु गरिएको अभियान सर्लाहीमा प्रहरीले सदरमुकाम मलंगवा लगायत जिल्लाका प्रमुख स्थानमा गएर सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना मुलक अभियान प्रभाकारी भएको स्थानीय प्रहरीले समेत सक्रियता बढेको देखिन्छ ।
तिब्र गति ,लागु पदार्थ सेवन,बच्चाहरु खेल्ने स्थान,सिट भन्दा बढी यात्रु बोक्दा ,लाइसेन्स प्राप्त नगरेको ब्यक्तिले गाडी चलाउदा ,ट्राफिक नियम चिन्हको पालना नगर्दा, मोबाइलको फोनको प्रयोगले ,सवारीसाधन यान्त्रिक गडबडीले, सडक छेउछाउ गाइ,भैसी,रागा जथाभावी छोडदा र सडक खाल्डा खुल्डीका कारण सवारी साधन दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख केदार मान दोङ्गले जानकारी दिएका छन् ।