यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतनसँग सम्बन्धित अधिकार र नेपालमा यसको नीतिबारे छलफल कार्यक्रम सम्पन्न

२०७८ कार्तिक २८, आईतवार ०४:११


राजिव शाह
सर्लाही,कार्तिक २८ गते ।
यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतनसँग सम्बन्धित अधिकार र नेपालमा यसको नीतिबारे छलफल कार्यक्रम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी किशोरीलाई यौन तथा प्रजनन स्वस्थ्य तथा सुरक्षित गर्भपतन सम्बन्धि अधिकार निति बारे जानकारी गराइएको हो ।
समाजमा बढ्दो असुरक्षित गर्भपतनले मृत्युुदर पनि बढेको तथ्यांकले देखाउछ । यौन प्रजनन स्वास्थ सम्बन्धि कार्यक्रममा स्कुल,क्याम्पस पढने २४ जना किशोरीलाई जनस्वास्थ्य कार्यालय सर्लाहीका अधिकृत लक्ष्मी श्रेष्ठले प्रशिक्षण दिनुभयो ।
वाई पपर नेपालको आयोजना तथा युथ फर जेनिरेसन ईक्वालिटी, वाइ पि इ आर,युएनएफपिए को सहयोगमा भएको कार्यक्रममा ए. एन. एन. एफ. एस. यु प्रदेश नं. २ संयोजक अंजना शिवाकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजनामा कार्यक्रम सम्पन्न भएको वाइ पि इ आर एडिक्युटर अमित प्रसाद चौधरीले जानकारी दिए ।
कार्यक्रमले यौन प्रजनन स्वस्थ्य, सुरक्षित गर्भपतन सम्बन्धि कार्यक्रमले आफुहरु धेरै खुसी भएको सहभागीहरुले बताएका छन् । कार्यक्रममा सहभागी २४ जना प्रमाणपत्र समेत प्रदान गरिएको छ ।



ताजा खबर