गएराती रौतहटमा कार दुर्घटना ४ जना भार्तीय नागरिकको मृत्यु

२०७८ कार्तिक २८, आईतवार ०४:१५

अमित ठाकुर
रौतहट,कार्तिक २८ गते ।
रौतहटमा गत राती भारतीय नम्बरको कार दुर्घटना हुदाँ चार जना भार्तीय नागरिकको मृत्यु भएको हो । गौर चपुर सडक खण्डको बम नहर नजिक कार दुर्घटना भएको हो ।
हिजो राती मध्य रातमा चन्द्रपुरबाट आउँदै गरेको युके १२ सी २९०० नम्बरको भारतीय सुजुकी कार रोडको पश्चीमतर्फ पोखरीमा पल्टिदा ४ जना भारतीय नागरिकको मृत्यु भएको प्रहरी उपरीक्षक बिनोद घिमिरेले जनाएको हो।मृतकहरुको पहिचान अहिले नखुलेको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।



ताजा खबर