प्रेस सेन्टर नेपाल सिरहाको चौथो जिल्ला अबिधेशन बाट अध्यक्षमा पुनः आशिष विश्वकर्मा

२०७८ कार्तिक २८, आईतवार ०४:४५

सिरहा,कार्तिक २८ गते । प्रेस सेन्टर नेपाल सिरहाको चौथो जिल्ला अबिधेशन सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सिरहा जिल्लाको अधिवेशनबाट सर्वसहमत अध्यक्ष आशिष विश्वकर्मा, बरिष्ठ उपाध्यक्ष राम भरोसी यादब, समावेशी उपाध्यक्ष सन्तोष कुमार साह,महिला उपाध्यक्षमा अञ्जली राउत, सचिब मुकेश कुमार यादब (स्वामी),सह–सचिवमा राम नारायण ठाकुर,कोषाध्य सरोज कुमार पासवान लगायत दुई सदस्य पछि थप्ने गरी १५ सदस्यीय जिल्ला कमिटी गठन गरीएको प्रेस सेन्टर नेपालको सिरहा जिल्ला अध्यक्ष आशिष विश्वकर्माले बताउनुभयो ।

त्यसै गरी सदस्यहरुमा सुरेश राय,अनुभक्त चौधरी,मोहन साह,चन्द्रदिप ठाकुर,समिरका दास लगायत रहेको छ भने सल्लाहकार समितिमा देब कुमार यादब,चन्द्रेब कामती र राम नारायण यादब रहको छ ।

आज भएको अबिधेशनमा प्रमुख अतिथि प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्य तथा प्रदेश नं. २ का संयोजक हिरा लाल चौधरी र विशिष्ठ अतिथि केन्द्रीय सदस्य मणीलाल विश्वकर्माले सफल कार्यबालको शुभकामना समेत दिईएको जिल्ला अध्यक्ष विश्वकर्माले बताउनुभयो ।



ताजा खबर

error: Content is protected !!