सर्लाहीमा ६ बिगाहामा लगाइएको गाँजाबोट नष्ट

२०७८ कार्तिक २९, सोमबार ०९:०६


राजिव शाह
सर्लाही,कार्तिक २९ गते ।
सर्लाही प्रहरीले अबैध रुपमा लगाइएको लागू औषध गाँजा फडानी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही तथा सशस्त्र प्रहरी बल नेपाल, नं. १० गण हेक्वा सर्लाहीबाट खटिएको संयुक्त टोलीले अवैध रुपमा लगाइएको गाँजा नष्ट गरेको छ ।
सर्लाहीको लालबन्दी न.पा. वडा नं. १४ स्थितको विभिन्न स्थानमा अवैध रुपमा गाँजा खेती गरिरहेको भन्ने प्राप्त खबरको आधारमा खटि गएको टोलीले उक्त क्षेत्रको करिब ६ बिगहा जमिनमा लगाएको अन्दाजी ५० हजार बोट गाँजा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीमा लागू औषध गाँजा फडानी तथा बिक्रि वितरण कानुनी रुपमा अबैध भएकोले बिक्रीवितरण समेत कडाईका साथ सर्च अप्रेसन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।



ताजा खबर