एमालेको दशौ महाधिवेशनका लागि पर्साबाट २९ जना महाधिवेशन प्रतिनिधि चयन

२०७८ कार्तिक २९, सोमबार १४:५८

पर्सा,कार्तिक २९ गते । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि पर्सा मा सर्वसम्मत ले चयन भएको छ । पर्सा को चार वटै निर्वाचन क्षेत्र र दलित बाट २९ जना को नाम सर्वसम्मति ले चयन भएको जिल्ला अध्यक्ष प्रभु हजरा ले जानकारी दिनु भएको छ ।
पर्सा क्षेत्र न १ बाट इश्लाम हवारी, वसरुदिन अन्सारी, अरविन्द सिंह , डा विशम्भर शर्मा, शम्भु गुप्ता, मुना दहाल, सुभद्रा बन्जारा प्रतिनिधि मा चयन भएका छन्।
क्षेत्र न २ बाट गोकर्ण पाठक , महेश दास, केदार तिवारी र विणा शर्मा को चयन भएका छ्न ।
क्षेत्र न ३ बाट प्रतिनिधि मा राज कुमार गुप्ता, प्रधुम्न चौहान, फरमान अन्सारी, वासुदेव महतो, तेज प्रकाश निषाद, संजिव मिश्र, मिना साह र लक्ष्मी कुशवाह हुनु हुन्छ ।
क्षेत्र न ४ बाट प्रतिनिधि मा जय प्रकाश थारु, मनोज गुप्ता, जोगीन्द्र साह, ठाकुर न्यौपाने र मिना गिरी हुनु हुन्छ ।
यसै गरी जिल्ला भरी को दलित बाट प्रभु हजरा, हरेन्द्र हजरा, अमिताभ वच्चन दास, सन्तोष पासवान र नविया गोसाई महाधिवेशन प्रतिनिधि मा सर्वसम्मत ले चयन हुनु भएका छन्।
पार्टी का पदाधिकारीहरु को बैठक ले विचारी यादव, श्याम बन्जारा , नवराज शर्मा, राजेश लामा, सुन्दर कुर्मी , रामदेव दास र राजेन्द्र यादव लाई प्रतिनिधि मा मनोनीत गर्न केन्द्र सित अनुरोध गर्ने निर्णय गरेको छ ।
कार्तिक २५ गते पार्टी कार्यालय मा उम्मेदवारी दर्ता भएको थियो । एमाले को दसौ महाधिवेशन मंसीर १० गते देखी १२ गते सम्म चितवन मा हुने छ ।



ताजा खबर