युवाको लागि खेलकुद अपरिहार्यःसंयोजक जायसवाल

२०७८ मंसिर १, बुधबार ०६:२२

जीतेन्द्र कुमार राम
धनुषा,मंसिर १ गते ।
हिन्दुहरुको महान पर्व बिजयादसमी ,शुभ दिपावली तथा छठको पर्वको उपलक्ष्यमा धनुषाको सवैला नगरपालिकामा आयोजित जिल्ला स्तरीय खुल्ला क्रीकेट प्रतियोगिता सम्पन्न भएको छ।

जन बिकास युवा क्लबद्वारा आयोजित उक्त प्रतियोगितामा सहभागी १६ टीम मध्येको कल्यानपुर युवा क्लब र इस्लामी क्रीकेट टीमले आज फाइनल खेल्दै इस्लामी क्रीकेट क्लब जरैहियाले २१५ दौड सहित ५६ रनले पहिलो बिजेता भएका छन भने १५९ रन सहित कल्यानपुर युवा क्लब उपबिजेता भएका छन।

अहिलेको समयमा युवा आफ्नो महत्वलाइ निरीह गरेको तथा कुलत एवं लागू औषधमा लिप्त भएको भन्दै युवाहरुलाइ खेलको माध्यमबाट जागरुक गराउन एउटा प्लाटफर्म बनाएको र युवा सुधारमा प्रत्येक बर्ष यहि अवसरमा प्रतियोगितालाई निरन्तरता दिने क्लबका अध्यक्ष सुशील राउतले बताए।

कार्यक्रममा प्रमुख आतिथ्य गरिरहेका उधोग बाणिज्य संघ सवैलाका अध्यक्ष एवं लोकतान्त्रिक समाजबादी पार्टी सवैलाका संयोजक रामचन्द्र जायसवालले युवा देशको निर्माता एवं कर्णाधार रहेकोले युवाको लागि खेलकुद अपरिहार्य रहेको बताए।

खेलकुदले जुनसुकै देशको पनि पहिचान स्थापित गराउन सकिने भएको राष्ट्रले समेत युवाहरुको लागि सहि सुमार्ग बनाउन खेलकुदको क्षेत्रमा लगानी एवं लायक खेलाडीलाई सहि ठाउँ बनाउन ऐन बनाउनुपर्ने तथा कार्यान्वयनमा समेत ल्याउनुपर्ने लोसपा नगर अध्यक्षले बताए।

कार्यक्रममा पहिलो आर्थिक पुरस्कार २५००० सहयोग गर्दै संयोजक जायसवालले आफू भएको स्थानमा युवा,गरिब,असहायको क्षेत्र सदैब लगानी र सहयोग गरिएको र गरिरहने समेत प्रतिबद्धता ब्यक्त गरे।

कार्यक्रममा युवाहरुलाइ खेलकुदबारे सम्बोधन गर्दै हेल्प मधेसिका केन्द्रिय अध्यक्ष राम उदगार यादबले सवैला नगरमा स्थानिय तहको सरकार बनेदेखी पहिलेभन्दा खेलकुद र खेलकुदप्रती युवाहरुको ध्यान मौलाएको र झन जनप्रतिनिधिको ध्यानाकर्षण नभएपछी लागुऔषधमा युवा लागिपरेको बताए।

अन्तिम खेलमा विभिन्न पार्टी प्रतिनिधि ,प्रसासन,बुजुर्ग,बुद्धिजीवी लगायत युवाको सहभागिता रहेको थियो।



ताजा खबर