सुनसरी,मंसिर १ गते । जारी नेपाली कांग्रेसको अधिवेशनका लागि प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ बाट चुनिने खुल्ला तर्फका १० महाधिवेशन प्रतिनिधिका लागि ४० जनाभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।
त्यसैगरी १४ जना निर्वाचित हुने आरक्षण तर्फका महाधिवेशन प्रतिनिधिका लागि ३५ जनाभन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।
जम्मा ८७६ मत रहेको संघीय क्षेत्र २ अन्तरगत देवानगंज, गौतमपुर, इनरुवा, रामधुनी र इटहरीका गरि जम्मा ३० ओटा वडाहरु रहेका छन् ।
जसमध्ये देवानगंज सबैभन्दा निर्णयक क्षेत्र पालिका बन्ने देखिएको छ । यस पालिकाका ७ र हरिनगरको वडा नम्बर ३ गौतमपुरमा गरी यस क्षेत्रमा २०० मत रहेका छन् । यस क्षेत्रबाट एक मुष्ट मत पर्नेछ ।
यस क्षेत्रबाट अन्तराष्ट्रिय स्तरका चर्चित पत्रकार मध्यहर्षाहीका बिरेन्द्रकुमार मेहता (वीरेन्द्र केएम) र देवानगंज गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहता उम्मेदवार छन् ।
बढी मत पाए दुवैजना जित्नेछन् भने एक जना सक्षम युवा अनुहार र अर्को ८० वर्षीय अनुहार भएका कारण बिरेन्द्रको लोकप्रियता बढी देखिन्छ ।
बिरेन्द्रलाई देवानगंज, गौतमपुर र इनरुवाका शतप्रतिशत मत पाउने अपेक्षा गरिएको छ । त्यसैगरी रामधुनी र इटहरीबाट पनि उतिकै मत पाईने अपेक्षा गरिको छ ।
त्यसैगरी महिलाकोटाबाट देवानगंजकी बिभा यादव, मुस्लिम कोटाबाट गौतमपुरका अतहर मियाँ, देवानगंजका रफुल अंसारीपनि चुनावी मैदानमा छन् ।
बिरेन्द्रको सक्षमता र लोकप्रियता ः
२० वर्ष देखिको पत्रकारिताको माध्यमबाट आफ्नो पहिचान स्थापित गरेका बिरेन्द्र सुनसरीको दक्षिणी भेगका लागि भावी प्रमुख राजनीति अनुहार पनि हुन् ।
उनलाई कांग्रेसका नेताहरु देवानगंजबाट श्यामलाल मेहता र इनरुवाबाट राजीव कोइराला, केदार भण्डारी र राजन मेहताले खुलेर साथ दिएका छन् ।
त्यस्तै बिरेन्द्रको सिताराम मेहता र लालि मेहतासँग उतिकै नजिकता छ। यता कांग्रेसका स्थापित नामहरु गफार अन्सारी, ऐयुब अन्सारी, हेमकर्ण पौडेल लगायतका नेताहरूले उतिकै फेवर गर्छन् ।
राजनीतिमा फ्रेस र स्थापित सक्षम युवा अनुहार भएका कारणपनि सबै मतदाताले बिरेन्द्रलाई पहिलो रोजाईमा राखेका छन् ।
बिरेन्द्रले सुनसरीको दक्षिणीभेगलाई हरेक त्वरबाट विकास गर्न सदैब अवाज उठाउँदै आएका छन् भने उनले धेरै कामहरु पनि गरेका छन् ।
राष्ट्रियस्तरका स्थापित रिसर्चर, प्रशिक्षक, सम्पादक, लेखकको रुपमा आफ्नो बेग्लै परिचय बनाएका बिरेन्द्रले दक्षिणी भेगका लागि गरेका अहिलेसम्मका कामहरुको सुचि नै जारी गरेका थिए ।
बिरेन्द्रले सुनसरीको दक्षिणीभेगका लागि गरेका प्रमुख कार्यहरू ः
१. देवानगंज पालिकामा बिरेन्द्रको प्रत्यक्ष पहलमा भारतीय दूतावास र नेपाल सरकारबाट २ थान एम्बुलेन्स आएकोएको ।
२. हरिनगरामा १ थान एम्बुलेन्स आएको, महिला क्याम्पस आउने क्रममा रहेको ।
३. हरिनगर, कोशी, इनरुवा र बर्जुमा स्थानीय इतिहास सहितको पाठ्यक्रम लागु गराउँदै, पाठ्यापुस्तक तयार पार्न लागि परेका ।
४. ऐतिहासिक हुलाकी राजमार्गको धार परिवर्तनमा प्रत्यक्ष पहल गरिएका ।
५. प्रत्यक्ष पहलमा कयौं ग्रामीण सडकलाई केन्द्रिय योजनामा पारिएका ।
६. हरिनगरा उच्च मावीलाई नमुना बिधालय बनाउने प्रत्यक्ष पहल गरेका ।
७. प्रत्यक्ष पहलमा कप्तानगंज स्थिति कृष्ण मावीलाई नमुना बनाउने प्रक्रियामा पारेका ।
८. ब्यक्तिगत खर्चमा शिसुवा स्थित श्रीप्राविमा पुरस्कार अक्ष्यकोष स्थापना गराएका ।
९. हरिनगरामा स्नातक र स्नातकोत्तर क्याम्पस स्थापनाका लागि प्रक्रियामा खटिरहेका ।
१०. बिरेन्द्रको ब्यक्तिगत खर्चमा मध्यहर्षाही स्थित जनता माविमा एक लाख बराबरको २ थान कम्प्युटर प्रदान गरिएको ।
११. प्रत्यक्ष पहलमा दक्षिण भेगका एक दर्जनभन्दा बढी बिद्यार्थीलाई इन्जिनियरिङ्ग, प्राविधिक समेत उच्च तहको शिक्षामा छात्रवृत्ति दिलाईएको ।
१२. प्रत्यक्ष पहलमा दक्षिणी भेगका दर्जन बढी युवालाई नोकरी÷रोजगारी दिलाईएको ।
१३. प्रधानमन्त्री कार्यालयबाट देवानगंज–हरिनगरा केन्द्रित दमकल आउनेक्रममा रहेको ।
१४. देवानगंज जस्तो ग्रामीण भेगमा पहिलोपटक सचीव स्तरीय विशिष्ट तहका प्रशासकको उपस्थितिमा भब्य कार्यक्रम गराएका ।
१५. ग्रामीणभेगका सयौं जनप्रतिनिधिलाई राष्ट्रस्तरका उच्चस्तरीय प्रशासक÷विज्ञहरु मार्फत प्रशिक्षण दिलाएका
१६. राज्यस्तबाटै कटप मानिने शिशुवामा बिजुली, हेल्थपोष्ट, पुल र सडकमा प्रत्यक्ष पहल गरेका ।
१७. दक्षिणीभेगमा प्रहरी अधिकृत सहितको सुरक्षा ब्यवस्था सहित मध्यहर्षाहीमा पुलिस चौकी स्थापित गराउन प्रत्यक्ष पहल गरेर प्रक्रिया सुरु गराएका । र सिमा क्षेत्रमा सिमा सुरक्षाबलहरुको विभिन्न क्याम्पहरुको स्थापनामा प्रत्यक्ष पहल गरिएका । यद्यपि बिरेन्द्रले दक्षिणीभेगका लागि गरेका उक्त कार्यहरूको सुचि सार्वजनिक गर्दै उक्त कार्यहरुमा अन्य धेरै ब्यक्तिहरुको पनि साथ सहयोग सहकार्य उतिकै रहेको बताएका छन् ।