जसपा नेता यादवद्वारा मिर्चैयाको कमलदह मेला अवलोकन

२०७८ मंसिर १, बुधबार ०६:५१

सिरहा,मंसिर १ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेता तथा प्रतिनिधिसभा सांसद राजकिशोर यादवले मिर्चैया नगरपालिका ९ स्थित पौराणिक, ऐतिहासिक तथा धार्मिक स्थल कमलदहमा आयोजित मेला अवलोकन गरेका छन् ।
कमलदहमा दशकौंदेखि हरेक वर्ष हरिबोधिनी एकादशीको दिनदेखि तीन दिनसम्म विशाल मेला लाग्ने गरेको छ । जिल्लामै सबैभन्दा ठूलो कुस्ती र सबैभन्दा बढी सर्वसाधारणको सहभागिता रहने भएकाले यहाँको मेलालाई विषेश मानिन्छ ।
नेता यादव मेलाको दोस्रो दिन आज मंगलबार सोही कुस्ती र मेला अवलोकनका लागि कमलदह पुगेका थिए । उनले पहलवानलाई हाथ मिलाइदिएपछि आजको कुस्ती विधिवत सुरु भएको थियो ।
दिउँसो २ बजे कमलदह पुगेका नेता यादव साँझसम्मै त्यहीँ बसेर कुस्तीको मज्जा लिए । उनले मासलाई सम्बोधन गर्दै नेता यादवले कमलदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिए देशकै एउटा नमुना गन्तव्य बन्ने बताए ।
यसका लागि आफ्नो पहलमा काम कारवाही अघि बढिसकेको पनि उनले जानकारी दिए । कमलदहको गुरुयोजना बनाएर विकास हुने विश्वास उनले दिलाए ।
यस्तै, कुस्तीले स्वस्थ समाज निर्माणमा ठूलो भूमिका खेल्ने भन्दै यसलाई जोगाइराख्न जरुरी रहेको पनि उनले बताए । मेलामा नेता यादवसँगै जसपाका प्रदेश सदस्य रामप्रकाश महतो, रामनारायण यादव, जसपाका मिर्चैया अध्यक्ष रामदयाल यादव, नरहा अध्यक्ष रंजित यादवलगायतका नेताहरु पनि पुगेका थिए ।



ताजा खबर