सप्तरीमा बसले हाइसलाई ठक्कर दिँदा २ जनाको मृत्यु, ६ घाइते

२०७८ मंसिर २, बिहीबार १६:२७

शुभ नारायण यादव
सप्तरी,मंसिर २ गते ।
सप्तरीमा बसले यात्रुबाहक हाइसलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका ८ बेरियर चोकमा पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ४६९२ नम्वरको बसले विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ५०७९ नम्वरको हाइसलाई बिहीबार अपराहन्न ४ बजे ठक्कर दिएको हो । ठक्करबाट हाइसमा सवार काठमाण्डौ महानगरपालिका ३८ वर्षीय गृषमान सिंह र मोरङगको बिराटनगर महानगरपालिका ३ बस्ने ४१ वर्षका चुडा बहादुर बस्नेतको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता एव डिएसपी माधव प्रसाद काफुलेले जानकारी दिनुभयो । उनका अनुसार सिंहको घटनस्थलमै र बस्नेतको उपचारको लागि लैजाने क्रममा मत्यु भएको हो । अन्य ६ जना घाइते भएका छन् । जस मध्ये १ जनाको अवस्था गम्भीर र अन्य ५ जनाको अवस्था समान्य रहेको डिएसपी काफ्लेले बताए । उनीहरुको गम्भीर घाइतेको बिराटनगर र अन्य समान्य घाइतेको स्थानीय स्तरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन सहित सवारी चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



ताजा खबर