निर्वाचन अधिकृतलाई हातपातले सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशन प्रभावित

२०७८ मंसिर २, बिहीबार १६:३१

राजिव शाह
सर्लाही,मंसिर २ गते ।
सर्लाहीम अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृतमाथि कांग्रेसकै एक समूहले हातपात गरेका छन। नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा रहेका निर्वाचन अधिकृत दिवाकरराज पाण्डेलाई हातपात गरेका छन् ।
अधिवेशनका लागि मतदान अधिकृतहरू खटाउने विषयमा कुराकानी भइरहेका बेला निर्वाचन अधिकृतमाथि हातपातका साथै मोबाइल समेत खोसेको सर्लाही नेपाली कांग्रेस सभापति नागेन्द्रकुमार रायले आरोप लगाए ।
तनाब स्थित भएपछि सभापति राय पक्ष माननीय बिरेद्र कुमार सिंह सहित होटेल कुसुम तर्फ लागे भने त्यसैगरी पुर्व जिल्ला सभापति लक्षमण राय सहित माननीय अमेरेश सिहं जानकी पार्टी प्यलेसमा आन्तरिक छ्लफलमा ब्यस्त छन् । वडा अधिवेशनलाई लिएर नेपाली कांग्रेसका दुबैपक्षले आफ्नोस्तरमा छुट्टाछुट्टै स्थानमा आन्तरिक छ्लफल अझै चलिरहेको कांग्रेसले जनाएको छ ।
। अधिवेशनलाई मध्यनजर गर्दै बिहिवार बिहान देखि मलंगवा स्थित रहेको कांग्रेस पार्टी कार्यलय र होटल बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो ।



ताजा खबर