कमला बचाउ अभियानको तेश्रो बार्षिकोत्सव सम्पन्न

२०७८ मंसिर ३, शुक्रबार १५:१६

जीतेन्द्र कुमार राम

धनुषा,मंसिर ३ गते । मिथिलान्चलमा धार्मिक महत्व बोकेको प्रसिद्ध नदि कमलाको संरक्षण र संबर्धनमा थालिएको कमला बचाउ अभियानको तेस्रो बार्षिकोत्सव सफलतापुर्वक सम्पन्न भएको छ।

प्राचीन कालदेखी धार्मिक र ऐतिहासिक उल्लेख रहेको कमला नदिको संरक्षणमा कमला बचाउ अभियान २०७५ सालदेखी प्रारम्भ भएकोमा तेस्रो बर्ष पुरा गरि चौथो बर्षमा प्रवेश गरेको हो।

कमला बचाउ अभियान अन्तर्गत कमला बचाउ ,पर्याबरण जोगाउ,भुमी बन्जर हुनबाट जोगाउ,चुरे जोगाउ लगायत मुल नाराको साथ यो अभियान संचालन गरिएको अभियानका संयोजक पर्याबरण अभियानी बिक्रम यादबले बताउनुभयो।

कार्यक्रममा विशिष्ट आतिथ्य गरिरहेका सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले अन्य विभिन्न खल्ती अभियान जस्ता अभियान र अभियानीलाइ कमला बजाउ महाभियानले ध्वस्त बनाएको प्रतिक्रिया दिनुभयो।

कमला नदिको कुल लम्बाइ ३२८ किलोमिटर रहेकोमा नेपालमा मात्र २०४ किलोमीटर र भारतमा १२४ किलोमिटर लम्बाइमा बग्ने गरेको र भारतको ठूलो नदि गंगामा गएर मिसिनाले त्यहा नमामी गंगे अभियान संचालनमा रहेको तथा नमामी गंगे अभियान संग कमला बचाउ अभियानलाइ समेत जोडेर सहकार्य गरि अघि बढाउने भारतिय पर्यावरणिय अभियानी डा.बिजय पंडितले बताउनुभयो।

चुरे अभियानी सुरेश शर्माले चुरे संरक्षण,वृक्षारोपण तथा जैबिक बांध बिना कमलालाइ संरक्षण ,संबर्धन र नियन्त्रण गर्न नसकिने जनाउनुभयो।

बाढी बर्षा हुने मौसममा कमला नदिमा अबिरल पानीको बहाब,मानबिय क्षती तथा भौतिक क्षतिबाट रोक्न ठूलो गुरु योजना बनाउन लागेको तथा सर्वपक्षिय सहयोगले साकार समेत गराउने प्रतिबद्धता जनाउनुभयो।

कमला बचाउ अभियान ठूलो महाभियान रहेकोले बर्षेणी बार्षिकोत्सवमा यस योजनाको लेखाजोखा,कार्यसम्पादन,कार्य प्रगती,देखाएर अघि बढ्नु पर्ने भएर तथा अगामी कार्ययोजना बिना असहज हुने जाहेर गर्नुभयो।

कार्यक्रममा मानवाधिकारकर्मी बिनोद महराले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए भने पहिलो चरणको कार्यक्रमको प्रमुख आतिथ्य दुर्गेसमान सिंह,दोश्रो चरणको आतिथ्य माननीय शिक्षा बिज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादब एवं कार्यक्रमको अध्यक्षता कमला बचाउ अभियानी बिक्रम यादवले गर्नुभएको थियो।



ताजा खबर