सप्तरी,मंसिर ५ गते । सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नं.७ हैठीमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्युु भएको छ । स ६ प ५०६० नम्वरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका वडा नं.११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए । उक्त दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्युु भएको सप्तरी प्रहरीले जनाएको छ । यता दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
सप्तरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु शुभ नारायण यादव
२०७८ मंसिर ५, आईतवार ०४:२९संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer