ताप्लेजुङबाट नेकपा एमालेको राष्ट्रिय महाधिबेशनका लागि छानिए १३ प्रतिनिधि

२०७८ मंसिर ५, आईतवार ०५:३४


ताप्लेजुङ । नेकपा एमालेको राष्ट्रिय महाधिबेशनमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने १३ प्रतिनिधिको टुङ्गो लागेको छ । कात्तिक ३० गते सम्पन्न मतदानको मतगणना आज अबेर मात्र सकिएको हो । जसमा खुल्ला ८ पदमा सबैभन्दा बढीमत संबिधानसभा सदस्य भूपेन्द्र थेबेले ल्याउनु भएको छ । उहाँले ४ हजार २ सय ६२ मत ल्याउनुभयो । निर्वाचन समिति संयोजक बलराम भट्टराईका अनुसार खुल्लातर्फको दोस्रो मत दीपेन पोमूले ल्याउनुभयो । जिल्ला युवा समिति अध्यक्ष समेत रहनु भएका उहाँले ४ हजार ८७ मत ल्याँउदा फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले ४ हजार ५३ मत सहित तेस्रो बढी मत ल्याउनुभयो । यस्तै युवा संघका नेता आशिष केदेमले ३ हजार ७ सय २५ मत,पूर्व राज्यमन्त्री ओङ्दी शेर्पाले ३ हजार ५ सय ७९ मत,प्रदेश सांसद बलबहादुर साम्सोहाङले ३ हजार ५ सय ५० मत,संबिधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले ३ हजार ५ सय २१ मत र एमाले प्रदेश कमिटी सदस्य गोपाल थोप्राले ३ हजार ४ सय १९ मत ल्याएर महाधिबेशन प्रतिनिधि चयन हुनुभयो । अन्य प्रतिश्पर्धी मध्ये जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले ३ हजार २ सय ८६ मत,जिल्ला खेलकुद विकास समिति अध्यक्ष मणिशंकर पोमूले ३ हजार ६८ मत ल्याउनुभयो । प्रदेश कमिटी सदस्य सन्तोष खतिवडाले २ हजार ६ सय ४३ मत,मंगलसिंह केदमेले २ हजार ४ सय ८५ मत,सिंहबहादुर इवारमले २ हजार ४ सय ५४ मत,चन्द्रप्रकाश मेन्याङ्वोले २ हजार २ सय ३८ मत,राजेश प्याकुरेलले १ हजार ९ सय ५२ मत र थर्ककुमार चोङ्वाङ(दिवस)ले १ हजार ८ सय २६ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । खतिवडा,इवारम,मेन्याङ्वो,केदेम र मादेन पुराना कम्युनिष्ट नेतामा गनिनुहुन्छ । प्याकुरेल एमाले फुङ्लिङ नगर कमिटी सचिव हुनुहुन्छ भने चोङ्वाङ मैवाखोला गाउँपालिका वडा नं ३ का वडाध्यक्ष हुनुहुन्छ । उता महिलातर्फ सर्बाधिक लोकप्रिय मत फुङ्लिङ् नगरपालिका वडा नं ५ का वडाध्यक्ष समेत रहनु भएकी भीमादेवी ओझाले पाउनुभयो । ६ हजार १ सय हाराहारी मत झरेकोमा उहाँले ५ हजार ९ सय ४६ मत ल्याउनुभयो । यस्तै मीनाकुमारी केदमेले ५ हजार ६ सय ८०,टीकादेवी दाहालले ४ हजार ७ सय ८३,उर्मिला थेबेले ४ हजार ५ सय ९९ मत लाएर महाधिबेशन प्रतिनिधि चयन हुनु भएको छ । महिलातर्फ ४ जनाको कोटा रहेकोमा ५ प्रतिश्पर्धी हुनुहुन्थ्यो । त्यसमा निर्मला इजमले ४ हजार २६ मत ल्याउनुभयो । थेबे सिरिजंगा गाउँपालिका वडा नं १ का वडाध्यक्ष समेत हुनुहुन्छ । १ दलित कोटाका लागि २ प्रतिश्पर्धीमध्ये ३ हजार ७ सय २३ मत ल्याएर मनकुमार नेपाली निर्वाचित हुनुभयो । छत्रबहादुर बिकले २ हजार २ सय १२ मत ल्याउनुभयो । नेपालीले आफ्ना प्रतिश्पर्धीलाइ १ हजार ५ सय बढी मतान्तरले पराजित गर्नु भएको छ । नतिजा अनुसार महाधिबेशन प्रतिनिधिमा चयन भएका अधिकाँस संस्थापन पक्षका रहेका छन् ।



ताजा खबर