राजिव शाह
सर्लाही । अन्तर धार्मिक संजाल ( निरन नेपाल)ललितपुरको आयोजनामा तथा वर्ल्ड भिजनको सहयोगमा अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सर्लाही सदरमुकाम मलंगवामा कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।
शनिबार मलंगवा स्थित कुसुम पार्टी प्यालेसम अन्तर धार्मिक संजाल सर्लाही जिल्ला अध्यक्ष डा. अब्दुल रहिम मिकरानीको अध्यक्षता एवं मलंगवा नगरपालिका प्रमुख निरसल साहको प्रमुख आतिथ्यतामा रहेको थियो ।
चन्द्रनगर गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख नगिना साह, युएनेफपिएका बचेलाला महतो,ज्येष्ठ नागरिक अध्यक्ष महेन्द्र लाल कर्ण ,नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी, युएनएफपिए बचेलाल महतो, बाल संगठनका समिमबाबु खानले मन्तव्य राखेका थिए ।
समाजमा अझै जनचेतनाको कमी अशिक्षाले कयौं बालबालिका गलत दिशा तर्फ लागेकोले यसमा धार्मिक अगुवाहरुको भुमिका महत्त्वपूर्ण भएको कार्यक्रम हिन्दु इस्लाम र इसाई धार्मिक अगुवाहरु बीच कार्यक्रम गरिएको हो ।
बाल अधिकार दिवस विशेष कार्यक्रममा हरिपुर स्तरीय अध्यक्ष अजय कुमार चौधरी, चन्द्रनगर गाउँ स्तरीय अध्यक्ष राम सोगारथ राय,हरिपुर नगरपालिका महिला बालबालिका शाखा बिनय पौडेल ,चन्द्रनगर महिला तथा बालबालिका शाखा प्रमुख, नगिना साह ,शिक्षा शाखा प्रमुख कमलाजी,बाल क्लबका बालबालिका लगायत निरन नेपालका धार्मिक आगुवाहरुको सहभागिता रहेको निरन नेपाल कार्यक्रम संयोजक आशिष चौधरीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सर्लाही सदरमुकाम मलंगवामा कार्यक्रमको आयोजना
२०७८ मंसिर ५, आईतवार ०५:४०
संबन्धित खबर
© 2025 | manakamanapost.com | All Rights Reserved | Pravicy Policy | Disclaimer