माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न

२०७८ मंसिर ५, आईतवार ०५:४५


राजविराज। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को शनिवार मुलुक भरी वडा सममेलन सम्पन्न गरेको छ । सोही क्रममा महादेवा गाउँपालिकाको बिभिन्न वडाको वडा सममेलन पनि सम्पन्न गरेको छ । महादेवा गाउँपालिकाको वडा नंÞ–१को वडा सम्मेलनवाट महमद सकुर अध्यक्ष,राम विलास यादव उपाध्यक्ष,अशोक कुमार मण्डल सचिव,बिमल राम सह–सचिव र अमली देवी सदा कोषाध्यक्षमा सर्व सहमतिमा चयन गरेको छ । त्यस्तै सदस्यमा राजाराम यादव,राजेन्द्र मण्डल,बेचन यादव,हरि नारायण यादव,रामगति यादव,दाना वति राम,देवकिसुन यादव लगायत रहेका छन ।
यसै गरी वडा २ को वडा अध्यक्षमा अरबिनद मण्डल र सचिवमा बीरेन्द्र माझीलाई चयन गरेको छ ।
यसै विच वडा ६को वडा अध्यक्षमा हरि नारायण मण्डल,उपाध्यक्षमा फुलेश्वर सदा,भोला खंग,सचिवमा किशोरी शर्मालाई सर्व सहमतिमा चयन गरेको छ ।
यसै गरी वडा ३ मा वडा अध्यक्षमा राम नारायण यादव र सचिवमा संतोष यादवलाई चयन गरेको छ। त्यस्तै वडा ४ मा वडा अध्यक्षमा सत्रुधन कुमार यादव र सचिवमा दिलिप कुमार शुक्लालाई चयन गरेको छ ।
यस्तै वडा ५ को वडा अध्यक्षमा वालकृष्ण पडिंत,उपाध्यक्षमा जोगेन्द्र साह,सुखसेन खंग, सचिवमा चन्देश्वर खंग,सह सचिवमाचन्द्र कान्त मण्डललाई सर्व सहमतिमा चयन गरेको महादेवा गापाका संयोजक मनोज यादवले जानकारी दिएको छ ।
यसै विच रुपनी गाउँपालिका बडा नं १ मा माओवादी केन्द्रले वडा अधिवेशनवाट .रामचन्द्र यादब लाई सर्वसहमतिले अध्यक्ष चयन गरेका छन् ।



ताजा खबर