सप्तरी,मंसिर ७ गते । राजविराज–कुनौली सडक खण्ड अन्तर्गत सप्तरीको राजविराज–८ स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय नजिक सोमबार प्रहरीको भ्यानको ठक्करबाट पत्रकार शुभ नारायण यादव घाईते भएका छन् । घरबाट कार्यक्षेत्र राजविराजतर्फ आउने क्रममा ईलाका प्रहरी कार्यालय कल्याणपुरको भ्यानले उनलाई ठक्कर हानेको हो ।
दुर्घटनामा पत्रकार यादवको बायाँ खुट्टाको बुढी औलोमा चोट लागेको छ । घाईते पत्रकार यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको उनका परिवारले वताएका छन् । पत्रकार यादवको बुढी औलोमा ८ वटा टाँका लागेको छ भने उनको अवस्था सामान्य रहेको जनाएको छ । आफु घरबाट मोटरसाईकलमा राजविराजतर्फ आउँदै गर्दा विपरीत दिशाबाट जाँदै गरेको प्रहरी भ्यानसँग एक्कसी ठोकिन गएको पत्रकार यादवले जानकारी दिए ।