विश्वमा पहिलो चोटी नेपाल हिन्दु पत्रकार परिषद गठन

२०७८ मंसिर ७, मंगलवार १५:५०

बारा, मंसिर ७ गते ।नेपाल हिन्दु पत्रकार परिषद नेपलमा पहिलो चोटी गठन भएको छ। नेपाल पहिला हिन्दु राष्ट्र रहेको थियो तर हालको अवस्थामा फोहरी राजनीतिको खेलमा नेपालको इतिहास समेत ध्वस्त पारेर सिंगो देश लाई नै अराजकता तर्फ गएको र त्यसका साथै हिन्दुहरुको आत्म सम्मान,पहिचान र अधिकार समेत खोसिदा कानुनि रुपले पनि न्याय नभएकोले भौतारीदा सम्म पिडितको अवाज उठाउन नसकिएको भन्दै परिषद गठन गरिएको हो। राजनीतिक व्यक्तिले पनि आफ्नो निजि स्वार्थमा मात्र सिमित हुदै देश भक्तिको आडमा हत्या हिँसा, बलात्कार, भ्रस्टाचार आदि इत्यादिको बढावा दिएकोले अब सर्व साधारण सचेत नभए देश ठुलो दुर्घटनामा जाने भएकोले समयमै सचेत गर्ने संस्थाको उदेश्य रहेको छ।

हुनत पत्रकारहरुको धेरै संघ संगठन रहे तापनि सबैले सबै पार्टीका भात्री संगठनमा लागेको हुनाले एक आर्काको ढाकछोपमा ,लागेकोले सत्य तथ्य कुराको बारेमा अन्योलतामा मात्र सर्वसाधारण रहने गरिको तथा दिन दिनै विभिन्न घटनाहरु बढ्दै गैई रहेको सर्वसधारणको बुझाइ रहेको कुरा लाई मध्य नजर गरि यो संस्थाको जन्म भएको हो। अरु धर्म बाट बेचिएर नेपाल हिन्दु राष्ट्र बाट रातारात धर्म निरपेक्ष गरिएको कुरा दिन रात विभिन्न हिनु धर्मका अगुवाहरुले कराई रहदा पनि सरकारले कुनै वास्ता नराखी हिन्दु माथि भए गरेका घटना बारेमा कुनै चासो नदेखाएको पनि सर्वविदित रहेको छ।

संगठन निर्माण भए संगै हिन्दु परिषद नेपालका बारा जिल्ला अध्यक्ष गोपाल दासले संगठनका सबै पदाधिकारी तथा सदस्यहरु लाई अवीर टिका तथा गम्छा ओढाएर सम्मान गर्दै आफ्नो धारणा राखेका थिए। दासले आफ्नो धारणा राख्ने क्रममा संगठन लाई बधाई ज्ञापन गरेका थिए। दासले भने, हाम्रो नेपालको इतिहास लाई समेत अरुदेशको धर्म बाट बेचेर हिन्दु हरुको धर्म संस्कृति माथि अरु देशको संस्कृति तथा धर्मको उपनिवेश बोक्न खोजेको आरोप लगाए। दिनहु हिन्दु माथि गरिएको दुर्व्यवहार बारे प्रहरीले अनुसंधान गर्न समेत नचाहेकोले आज हाम्रो धर्म लोप हुदै गएको दासले आरोप लगा। त्यस्तै हिन्दु बादी अरुण चौधरीले पनि संस्था गठन भएको देखेर खुशी हुदै बधाई ज्ञापन गरेका थिए।

समितिमा अनिल पाण्डेय अध्यक्ष, उपाध्यक्ष सावित्री शर्मा, सचिवमा रविन्द्र साह, कोषाध्यक्षमा उपेन्द्र पासवान, सदस्यहरुमा अमरेश कुमार पाण्डेय, अभय दुबे, मोहन लाल पण्डित, धिरेन्द्र तिवारी, श्यामल गिरी, सल्लाहकारमा अनिल कुमार वर्मा, मानिक चन साह, लगायत १७ सदसीय तदर्थ समिति गठन भएको हो।



ताजा खबर

error: Content is protected !!